back
NMB ad

हङकङबिरुद्धको खेलका लागि क्रिकेट खेलाडीको घोषणाः शक्तिले नाम फिर्ता लिए

Kumari bank ad

काठमाडौ । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत हङकङबिरुद्ध उसकै मैदानमा हुने आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसिपको छैठौ चरणको प्रतिस्पर्धाका लागि नेपालले १८ सदस्सीय राष्ट्रिय क्रिकेट खेलाडीको घोषणा गरेको छ ।

मूख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले १८ सदस्यीय प्राम्भिक टोलीको छनोट गरेका हुन् । नेपालका स्पिनर शक्ति गौचनले भने जन्डिसका कारण आफ्नो नाम फिर्ता लिएका छन् । घोषणा भएको नेपाली टिममा केन्या विरुद्धको खेलमा टिममा परेका खेलाडीका साथै केहि नयाँ अनुहारलाई सहभागि गराईएको छ । चोटका कारण टिममा पर्न नसकेकका जितेन्द्र मुखियाले पनि १८ सदस्यीयमा स्थान बनाएका छन । सुवास खकुरेल चोटका कारण अझै टिमबाट बाहिर छन् ।

नयाँ खेलाडीहरु ललित सिंह भण्डारी, कुशल भुर्तेलले पहिलो पटक टिममा स्थान बनाएका छन् । नेपालले आगामी अक्टोबर १३ र १५ मा हङकङबिरुद्ध आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसिपको छैटौं चरणको प्रतिस्पर्धा गर्नेछ । पछिल्लो एक वर्षको अवधिमा भएका राष्ट्रिय र अन्य क्रिकेट प्रतियोगिताहरुमा गरेको प्रदर्शनको आधारमा प्रारम्भिक टोलीको छनौट गरिएको बताइएको छ ।

१८ सदस्सीय टोलीमा, कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, बिनोद भण्डारी, नरेश बुढायर, मेहेवुव आलम, सागर पुन, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सुशील कँडेल, ललितसिंह भण्डारी, जितेन्द्र मुखिया, कुशल भुर्तेल, र सुशान भारी छन् ।

फाईल फोटो गुगलबाट

प्रकाशित मितिः २०७४ भदौ २२

वि.सं.२०७४ भदौ २२ बिहीवार १४:३७ मा प्रकाशित

You can share this post!

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...