back
NMB ad

सीटीईभीटीबाट प्राविधिक शिक्षा लिन खोज्दैहुनुहुन्छ ? एकपटक यो पढ्नुहोस्

Kumari bank ad

काठमाण्डौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले कूक, वेल्डर, कार्पेन्ट्री, प्लम्बर लगायतका छोटो अवधिको प्राविधिक शिक्षालाई एकवर्षे बनाउने भएको छ ।

सीटीईभीटीले गरेको व्यावसायिक पाठ्यक्रम ९प्रोफेसनल कोर्स० निर्माण तथा सञ्चालनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै पाठ्यक्रम परिमार्जनको कार्य सुरु गरेको हो ।

तीन महिना अर्थात ३९० घण्टाको प्राविधिक शिक्षा सञ्चालन भइरहेको कोर्सलाई बढाएर सीटीईभीटीले एकवर्षे अर्थात १६०० घण्टासम्म पुर्याउने भएपछि पाठ्यक्रम परिमार्जन गर्ने भएको सीटीईभीटीका सदस्य सचिव रमेश बखतीले बताए ।

छोटो अवधिको शिक्षाले पेशामा प्रभावकारिता नभएपछि प्राविधिक शिक्षाको अवधि र कोर्सलाई थपेर एकै व्यक्तिले कम्तीमा चारवटा पेशा वा सीप सञ्चालन गर्न सक्नेगरी पाठ्यक्रम परिमार्जन गरेर कक्षा सञ्चालन गर्ने भएको हो ।

सीटीईभीटीका सदस्य सचिव बखतीले भने– ‘सीटीईभीटीले आफ्नै शिक्षालयमार्फत यस वर्ष नमुनाको रुपमा २८० जना लोपोन्मुख जाति र चेपाङ्गलाई लक्षित गरी आगामी जेठको दोश्रो सातादेखि विशेष छात्रवृत्ति प्रदान गरेर यी विषयहरुमा कक्षा सञ्चालन गर्दैछ, यसलाई प्रभावकारी बनाउने गरी पाठ्यक्रम परिमार्जन गर्न विज्ञहरुको टोलीबीच छलफल चलाएका हौँ ।’

विशेष छात्रवृत्तिअन्तर्गत सीटीईभीटीले छनौट भएका विद्यार्थीहरुलाई खाने बस्ने सुविधासहित मासिक ३,५०० प्रदान गर्नेगरी कक्षा सञ्चालन गर्ने भएको हो ।

कार्यक्रममा व्यावसायिक पाठ्यक्रमको खाका प्रस्तुत गर्दै सीटीईभीटीअन्तर्गत पाठ्यक्रम विकास केन्द्रका निर्देशक दीपक पौडेलले सम्बन्धित पेशागत सीपमा आधारित दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले पाठ्यक्रम तयार पार्न लागिएको बताउँदै प्लम्बिङ्ग, इलेक्ट्रिसियन, वेल्डर, कार्पेन्टरलगायतका पेशामा हाल देशमा कार्यरत विदेशी कामदारलाई प्रतिस्थापित गर्नु पाठ्यक्रम निर्माणको मुख्य उद्देश्य भएको बताए ।

कार्पेन्टर, वेल्डर, कुक र प्लम्बिङ्ग टेक्निसियन विषयमा पाठ्यक्रम निर्माण भएर त्यसमा सुधार गर्नुपर्ने भए एकसाता भित्र सुझाव पेस गर्नका लागि सीटीईभीटीका पदाधिकारी, उद्यमी, व्यवसायी, विज्ञ, दातालगायतका सरोकारवाला निकायबीच छलफल भएको हो ।

निर्देशक पौडेलले मेसन, मोटरसाईकल मेकानिक्स, आल्मुनियम फेब्रिकेटर र बिल्डिङ्ग इलेक्ट्रिसियन विषयमा पाठ्यक्रम निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए ।

त्यस अवसरमा सीटीईभीटीका उपाध्यक्ष डा कुलबहादुर बस्नेतले आर्थिक तथा सामाजिक परिवेशका कारण उच्च शिक्षा हासिल गर्नबाट वञ्चित युवायुवतीलाई अवसर प्रदान गर्न सीटीईभीटी लागिपरेको बताउँदै वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई दक्ष बनाई उच्च पारिश्रमिक पाउन सक्षम बनाउन नयाँ पाठ्यक्रम सहयोगी हुने आशा व्यक्त गरे ।

१६ चैत २०७३, अनलाईनखबर, ३।००

वि.सं.२०७३ चैत १६ बुधवार १५:०२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...