back
NMB ad

यो कस्तो व्यवस्था ? प्रेमी जोडीलाई सरकारले नै होटल उपलब्ध गराउने !

Kumari bank ad

सुन्दा अच्चमा लाग्ला तर क्यूवाको सरकारले प्रेमी जोडीहरुलाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै कोठा उपलब्ध गराउन लागेको छ । क्यूवा सरकारले प्रेमी–प्रेमिकालाई सहुलियत दरमा होटलको कोठा उपलब्ध गराउने भएको छ । प्रेमी जोडीलाई सम्बन्ध स्थापित गर्न सहज होस् भनेर सस्तोमा होटलको कोठा उपलब्ध गराइने क्यूवा सरकारको भनाइ छ ।

यस्ता होटललाई क्यूवामा ‘पोसारस’ भनिन्छ । सरकारले ९० को दशकसम्म यस्तो होटल संचालन गर्दै आएको थियो । तर आर्थिक संकटमा परेपछि समुद्री आँधीबाट विस्थापित भएकाहरुका लागि सरकारले ती होटल उपलब्ध गरायो । जसबाट प्रेमी–प्रेमिकाले प्रेमालापका लागि असुविधा व्यहोर्दै आएका थिए भने सार्वजनिक स्थलमा नै उनीहरुले आपसमा भलाकुसारी गर्दै आएका थिए ।

नीजि स्तरमा त्यस्ता जोडीका लागि कोठा उपलब्ध गराउने काम भने जारी थियो । तर त्यस्ता कोठामा प्रेमी जोडीले चर्को शुल्क तिर्नु पर्दथ्यो । हवानाका प्रान्तीय हाउजिङ कम्पनीका अधिकारीहरुका अनुसार नयाँ व्यवस्थाअनुसार सस्तोमा होटलको कोठा उपलब्ध गराइने छ । हवानामा प्रेमालापका लागि कोठा नपाउने जोडीहरु लाभान्वित हुने उनीहरुको विश्वास छ ।

हवानामा सम्बन्धविच्छेद गरिसकेका महिला तथा पुरुष एक्लो जीवन बिताउन बाध्य हुन्छन् । उनीहरु प्रेमालापका लागि उपयुक्त स्थानको अभावमा एक्लो जीवनमा होमिनु परेको बताइन्छ ।
सरकारले व्यवस्था गर्न लागेको यो नयाँ नेटवर्कले उनीहरुलाई राहत हुने विश्वास गरिएको अधिकारीहरु बताउँछन् । हवानामा युगल जोडी समुद्री किनार, पार्क लगायतमा समय बिताउने गर्दछन् ।

प्रकाशित मितिः २०७४ असार ३०

वि.सं.२०७४ असार ३० शुक्रवार १३:३६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...