back
NMB ad

एक सय विद्यार्थीलाई निःशुल्क साइकल वितरण

Kumari bank ad

तिलोत्तमा, रुपन्देही । रुपन्देही तिलोत्तमा नगरपालिकास्थित तीनवटा विद्यालयका एक सय विद्यार्थीलाई निःशुल्क रुपमा साइकल वितरण गरिएको छ । तिलोत्तमा– ४ डिंगरनगरस्थित जनज्योति मावि, मणिग्रामस्थित शान्ति नमुना मावि र तिलोत्तमा– २ शंकरनगरस्थित दुर्गादत्त माविमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क रुपमा साइकल वितरण गरिएको हो ।

गरिब तथा विपन्न परिवारका जेहन्दार विद्यार्थी र टाढाटाढाबाट विद्यालय आउने बालबालिकाको हितलाई ध्यानमा राखेर साइकल वितरण गरिएको ख्वाङ्जु कोरियन बुद्धिज्म फाउण्डेशन नेपालका प्रवक्ता गोपाल आचार्यले बताए । करिब रु ६ लाख मूल्य बराबरका ती साइकल वितरण गरिएको हो । साइकल उपहार पाएपछि जनज्योति मावि कक्षा– ९ का विद्यार्थी आकाश परियार र कक्षा ४ कि विद्यार्थी पूर्णिमा परियार लगायतले खुशी व्यक्त गरेका छन् ।

शान्ति नमुना मावि मणिग्राममा कक्षा १० मा अध्ययनरत् मनिषा चौधरी र कक्षा– ९ मा अध्ययनतत् वर्षा बस्यालले प्राप्त साइकलबाट पठनपाठनमा निकै सहयोग पुग्ने विश्वास व्यक्त गरे । कोरियामा रहेको ख्वाङजु बुद्धिज्म फाउण्डेशनको सहयोगमा यस क्षेत्रका बालबालिकाको पठनपाठनमा सहयोग पुराउने उद्देश्यले साइकल वितरण, छात्रवृत्ति वितण तथा अन्य सामग्री प्रदान गरिँदै आएको आचार्यले बताए ।

शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीे रुपन्देहीका विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई पठनपाठनमा सहयोग पुराउने उद्देश्यले यस प्रकारको कार्यक्रम गरिएको सो फाउण्डेशनका प्रमुख भिक्षु पार्क ईम साङले बताए । भिक्षु फप ईल सिनमले सहयोगलाई सकारात्मक रुपमा लिएर यसको सदुपयोग गर्न आग्रह गरे । सहयोगले विद्यार्थीमा उत्साह थपिएको र यसले पठनपाठनमा पनि सहयोग पुराउने जनज्योति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानकाजी श्रेष्ठले बताए । शान्ति नमुना माविका प्रअ कुलप्रसाद लामिछाने पनि साइकल वितरणबाट विद्यार्थी थप उत्सुक भएको र यसले उनीहरुको सिकाइ उपलब्धि वृद्धि हुने विश्वास व्यक्त गरे । रासस

प्रकाशित मितिः२०७४ कार्तिक ८

वि.सं.२०७४ कात्तिक ८ बुधवार १३:१९ मा प्रकाशित

You can share this post!

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...