back
NMB ad

डडेल्धुरामा फुटबल र क्रिकेट रंगशाला निर्माण गरिने

Kumari bank ad

डडेल्धुरा । डडेल्धुरा खेलकुद बिकास समितिले जिल्लामा फुटबल र क्रिकेटका दुई रंगशाला निर्माण गर्ने भएको छ । समितिले पत्रकार सम्मेलन गरी राष्ट्रिय स्तरका दुई रंगशाला निर्माणको बिस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) प्रस्तुत गरेको छ ।

डीपीआर अनुसार अमरगढी नगरपालिका वडा नं. ६ भजनेउटामा निर्माण हुने भजनेउटा क्रिकेट खेल मैदानको कुल बजेट आठ करोड बत्तीस लाख १० हजार ८८२ छ । ६० यार्डको प्याराफिटसहितको क्रिकेट रंगशाला ५ हजार दर्शक क्षमताको हुनेछ ।

त्यस्तै अमरगढी नगरपालिका वडा नं. ५ धोविखोलामा फुटबल रंगशाला बन्नेछ । उग्रतारा रंगशाला नाम दिइएको यस स्थानमा अहिले माटो काट्ने काम भइरहेको छ । प्याराफिटसहित ८ हजार दर्शक क्षमताको रंगशाला निर्माणका लागि अहिलेको बजार मूल्य अनुसार ३४ करोड १८ लाख ९ हजार ४४६ रुपैयाँ लाग्ने अनुमान डीपीआर प्रतिवेदनमा गरिएको छ ।

फुटबल रंगशालामा मैदानसहित, ८ लेनको एथलेटिक्स ट्र्याक र बहुउद्देश्यीय कर्भडहलसमेत बन्ने डडेल्धुरा खेलकुद विकास समितीका अध्यक्ष राजेन्द्र बहादुर मगरले बताए । ‘दुवै रंगशालामा प्यारापिट, भीआईपी कक्ष, प्रशासनिक भवन, चेन्जीङ्ग रुम, मिडीया सेन्टर, व्यवस्थित पार्किङ्ग, जिम हाउस र शौचालय हुने छ’ अध्यक्ष मगरले भने ‘यदि सबैको सहयोग भयो भने अबको आठरदश वर्ष भित्रमै यो कार्य सम्पन्न हुनेछ ।’

योजना सम्पन्न भएपछि डडेल्धुरालाई सुदूरपश्चिमको खेलकुद हव बनाउन सकिने र यसले आर्थिक बिकासमा पनि टेवा पुग्ने धारणा अध्यक्ष मगरको छ ।

प्रकाशित मितिः २०७४ भदौ ५

वि.सं.२०७४ असोज ५ बिहीवार १३:२२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...