back
NMB ad

दुई करोड रुपैयाँको दालचिनी निर्यात, दिगो व्यवसाय बन्दै

Kumari bank ad

पाल्पा । कोलडाँडा गाविसस्थित सत्यवती गाउँका बासिन्दाले दालचिनीबाट मनग्य आम्दानी गरेका छन् ।

जिल्ला वन कार्यालयको सहयोगमा आठ वर्षदेखि यहाँ किसानले दालचिनी लगाउँदै आएका हुन् । आयआर्जनको भरपर्दो र दिगो व्यवसाय अहिले दालचिनी बनेको छ । दिनहुँजसो पात टिप्ने, बोक्रा ताछ्ने, सुकाउनमै किसान व्यस्त रहन्छन् । बर्सेनि प्रतिपरिवारले रु दुई लाखभन्दा बढीको बोक्रा बिक्री गर्छन् ।

दालचिनीको आम्दानीलाई स्थानीयवासीले गाउँमा मोटरबाटो निर्माण, विद्युतीकरण लगायतका कामका लागि समेत खर्च गर्ने गरेका स्थानीय पार्वती चिदीले बताउनुभयो । दालचिनीकै आम्दानीको भरमा आफ्ना छोराछोरीलाई बोर्डिङमा पढाउन थालेको स्थानीयवासी वसन्ती गाहा बताउँछन् ।

जिल्ला वन कार्यालयका सहायक वन अधिकृत चन्द्रबहादुर भाटका अनुसार कोलडाँडामा मात्र दालचिनीबाट वार्षिक रु दुई करोड भित्रिन्छ । उक्त गाउँ बीउ उत्पादनको पकेट क्षेत्र समेत हो । वन कार्यालयकै समन्वयमा वार्षिक १० क्विन्टल बढी बीउ यहाँबाट अन्य जिल्लामा निर्यात हुन्छ ।

दालचिनीको बोक्रा गाउँको सङ्कलन केन्द्रमा प्रतिकिलो रु १०० तथा पात प्रतिकिलो रु ५० देखि रु ६० मा बिक्री गरिँदै आएको स्थानीय देवबहादुर गाहाले बताए । दालचिनी लगाएको जङ्गलमा डढेलो नलाग्ने, लगाएको तीन वर्षपछि आम्दानी लिन सकिने भएपछि यहाँका किसानको दिगो व्यवसाय बनेको छ । एक वर्षमा करिब १० महिनासम्म निरन्तर पात बिक्री गर्न सकिन्छ ।

सरकारले स्वदेशमै प्रशोधन गर्न सके दालचिनीबाट थप आयआर्जन गर्न सकिने स्थानीय कृषकहरु बताउँछन् ।

३१ बैशाख २०७३, ३.३०

वि.सं.२०७३ वैशाख ३१ शुक्रवार १६:२५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...