Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Monday, November 20, 2017

चुनावी घोषणपत्रमा दलहरुका पर्यटनसम्बन्धी प्रतिबद्धता कस्ता छन् ? पढ्नुहोस् !

November 9, 2017

????????????????????????????????????

काठमाडौ । प्रमुख राजनीतिक दलले देशको अर्थतन्त्रको दरो आधारका रूपमा रहेको पर्यटन क्षेत्रमा गुणात्मक परिवर्तन गरी ठूलो संख्यामा पर्यटक भित्र्याउने लक्ष्य लिएका छन् । नेपाली काँग्रेस, वाम गठबन्धन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल), राप्रपा प्रजातान्त्रिक र नयाँ शक्ति पार्टीले आफ्नो चुनावी घोषणपत्रमार्फत पर्यटन प्रवद्र्धनका महत्वकांक्षी योजना अघि सारेका हुन् ।

वाम गठबन्धनले आगामी १० वर्षमा ५० लाख र नेपाली काँग्रेसले १० वर्षमा ३२ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएका छन् । नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्व–पश्चिम हिमाली क्षेत्रमा ‘बृहत् पर्यटकीय पदमार्ग’ निर्माणदेखि पुरातात्विक एवं सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्य जैविक विविधतालाई पर्यटनसँग जोडी आवश्यक पूर्वाधार निर्माणमा सबै दलको जोड छ ।

नेपाली काँग्रेसले आगामी १० वर्षमा ३२ लाख पर्यटक पु¥याउने लक्ष्यका साथ नेपाललाई आन्तरिक पर्यटन, छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय पर्यटकको गन्तव्यस्थल बनाउनका लागि पर्यटकीय पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई वर्षमा पाँच दिन घुमघाम बिदा रु २५ हजार नगद प्रोत्साहन दिइने काँग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ ।

नयाँ गन्तव्यमा होटल तथा होमस्टे (घरबास कार्यक्रम) मा लगानी प्रोत्साहन गर्ने, पवित्र धार्मिकस्थल लुम्बिनी, जनकपुर, पशुपति, मुक्तिनाथ, खप्तड क्षेत्रजस्ता धार्मिक, पुरातात्विक तथा पर्यटकीयस्थलमा पूर्वाधार विकासमा उक्त दलले जोड दिएको छ । पर्यटन विस्तारका लागि नेपालसँग मिल्दोजुल्दो संस्कृति भएका दक्षिण पूर्वी, एशियाली देशहरूबाट मध्यमवर्गीय पर्यटक आकर्षण गर्न विशेष कार्यक्रम सञ्चालन गरिने काँग्रेसले जनाएको छ ।

त्यसैगरी वाम गठबन्धनले आगामी १० वर्षमा ५० लाख पर्यटक पु¥याउने गरी प्रचारप्रसार, बजार प्रवद्र्धन, पूर्वाधार निर्माणलाई विशेष प्राथमिकताका साथ अघि बढाउने घोषणपत्रमा उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय सम्पर्कका लागि हवाई र जलमार्ग निर्माणलाई जोड दिएको घोषणपत्रमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई विस्तार तथा स्तरोन्नति र आगामी पाँच वर्षभित्र निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने जनाइएको छ ।

त्यस्तै दुई वर्षभित्र भैरहवा र तीन वर्षभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने, सबै आन्तरिक विमानस्थललाई आधुनिक सुविधासम्पन्न बनाइने लक्ष्य गठबन्धनले लिएको छ ।नेपाल वायु सेवा निगमको विमान संख्या बढाई निजी क्षेत्रका हवाई सेवालाई प्रोत्साहन गर्नुका साथै कोशी, गण्डकी र कर्णाली नदीमा आन्तरिक र बाह्य जलमार्गका सम्भाव्यता अध्ययन गरिने तथा उच्च बाँधयुक्त जलाशयमा जलमार्गको विकास गरिने सो घोषणमा उल्लेख छ ।

पर्वतारोहण, पदयात्रा तथा हिमाल अवलोकनलाई थप आकर्षक र सुरक्षित बनाउने, पर्यटनको विकासका लागि ताप्लेजुङदेखि दार्चुलासम्म जोड्ने गरी ‘हिमाली पर्यटकीय पदमार्ग’ निर्माण गरिने योजना छ । उक्त घोषणापत्रमा लुम्बिनी, पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ, हलेसीलगायत महत्वपूर्ण पर्यटकीय गन्तव्यको विकास गरिने उल्लेख छ ।

त्यस्तै, नयाँ शक्ति पार्टीले काठमाडौँदेखि सगरमाथासम्म केवल कार निर्माणदेखि पूर्व–पश्चिम हिमाली भेगलाई ‘बृहत् हिमाली पदमार्ग’ बनाउने घोषणापत्रमा समेटेको छ । दिपायल–खप्तड–रारा, सुर्खेत–जुम्ला, थवाङ हुँदै पोखरा, जोमसोम, विदुर–केरुङ, उदयपुर–ओखलढुंगा–धनकुटा–खाँदबारी केवलकार निर्माण गर्ने नयाँ शक्तिको लक्ष्य छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय पूर्वाधार विकासमा जोड दिएको छ । नेपाललाई शैक्षिक पर्यटनको केन्द्रबिन्दु बनाउन अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको समन्वयमा नेपालको पर्यटन क्षेत्रमा उच्च दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाहरू विकास गर्ने नीति घोषणापत्रमा उल्लेख गरिएको छ ।

यता राप्रपा (प्रजातान्त्रिक)ले पर्यटक संख्या बढाउन आगामी १० वर्षमा कम्तीमा पाँच हजार शय्या र स्वतन्त्र तारे होटलमा १० हजार शय्या बढ्नेगरी ठूला तारे होटल स्थापनामा जोड दिएको छ ।नेपाल वायु सेवा निगमको संरचना र व्यवस्थापनमा सुधार गरी थप तीन वटा वाइड बढी विमान आगामी पाँच वर्षभित्र ल्याउने घोषणापत्रमा उल्लेख छ ।रासस

प्रकाशित मितिः२०७४ कार्तिक २३

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु