back
NMB ad

दामनमा दङ्गः हिउँ परेपछि रमाउने आन्तरिक पर्यटकको भीड

Kumari bank ad

मकवानपुर । बिहान सूर्योदयका बेला दामन सिमभञ्याङमा हिउँमा रमाउँदै टन्नै भेटिए । स्थानीयबासीहरु सहित आन्तरिक पर्यटकहरु हिँउ खेलिरहेका थिए ।
हिउँसँगै हिमालका अग्ला चुचुराको मनोरम दृष्यले अझै उनीहरुलाइ दङ्ग पारिदिएको थियो । उनीहरुको मनलाई लोभ्याईदियो ।

कोहि सेल्फी लिईरहेका थिए त कोहि भ्यूटावरबाट दृष्यावलोकन गरिरहेका भेटिन्थे । सुन्दर डाँडाकाँडा र प्राकृतिक मनोरम दृश्यले मनमोहक दामन र सिमभञ्याङ क्षेत्रले जो कोही पर्यटकलाई लालायित पार्छ । विसं २०६४ पछि राम्ररी हिउँ नपरेको र गत वर्ष पनि अन्तिम फागुनतिर सामान्य हिउँ परेकाले यो वर्ष सुरुवातमै हिउँ परेपछि सबैमा खुसीयाली छाएको छ । लगातार हिँउ पर्न थालेको सुनेपछि अहिले दामन सिमभञ्ज्याङमा पर्यटकको घुइचो नै लागेको छ ।

पोखरीमा जमेको पानी, पानी माथिपट्टि फुटेर सिसाका तिखा टुक्रा झरे जस्तै पानी जमेको दृश्य, अनि पखेराभरि हिउँले भरिएको दृश्यावलोकनमा पर्यटक लोभिएका थिए । घर, करेसाबारीदेखि सवारी साधनका सिसामा हिउँ भरिँदा साँच्चै नै दामनले मन्त्रमुग्ध पार्छ ।

प्रकाशित मितिः २०७३ पुस १९

वि.सं.२०७३ पुस १९ मंगलवार १८:४० मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...