back
NMB ad

‘डान्स नेपाल डान्स’ राष्ट्रिय नृत्य प्रतियोगिता हुने

Kumari bank ad

जनकपुरधाम । त्यसैगरी नयाँ प्रतिभाको पहिचान, प्रोत्साहन र पुरस्कृत गर्ने उद्देश्यले मिथिला फिल्म प्रोडक्सनले आगामी मंसिर महिनादेखि ‘डान्स नेपाल डान्स’ नामक राष्ट्रिय नृत्य प्रतियोगिता गर्ने भएको छ ।

नेपाली ,मैथिली र भोजपुरी गीतमा आधारित सो प्रतियोगिताका लागि नेपालको ७५ वटै जिल्लाबाट कलाकार छनोट गरिने जनाइएको छ । पत्रकार सम्मेलन गरी कार्यक्रम सञ्चालक मनोज मैथिलले नृत्य प्रतियोगितामा १४ देखि २५ वर्षका एकल वा जोडीले भाग लिन पाउने जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख, द्वितीयलाई रु ४१ हजार र तृतीयलाई २१ हजार पुरस्कार दिइने छ । धनुषा जिल्लाको जनकपुरधामबाट छनोट प्रक्रिया शुरू भई क्रमशः अन्य जिल्लामा पनि छनोट गरिने बताइएको छ ।

नृत्यको अन्तिम प्रतियोगिता जनकपुरधाममा हुने र सोको नेपाल टेलिभिजन तथा स्थानीय अप्पन टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने मैथिलले बताए । कलाकार पूजा पासवानले सो प्रतियोगितामा तेस्रो लिंगीले पनि भाग लिनसक्ने प्रावधान रहेको जानकारी दिइन् । रासस

प्रकाशित मितिः२०७४ कार्तिक २४

वि.सं.२०७४ कात्तिक २४ शुक्रवार १४:३२ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...