back
NMB ad

जारी आन्दोलनका कारण दार्जिलिङका होटलहरु खाली,पर्यटक स्वात्तै घटे !

Kumari bank ad

गएको केही दिनदेखि जारी आन्दोलन र आमहड्ताका कारण दार्जिलिङमा पर्यटक स्वात्तै घटेका बताइएको छ । होटल व्यवसायीहरुले आन्दोलनका कारण पर्यटक नै नआएका र अर्कोतर्फ यसअघि होटल बुकिङ गरेर बसेका पर्यटक पनि भ्रमण छोटाएर भागेका बताएका छन् ।

जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काका कारण यहाँ आएका विदेशी एवम् भारतीय पर्यटक भागेको समाचार छ । आन्दोलनमा आइतबार गोली नै चलेको र आन्दोलनकारीको ज्यान गएको थियो ।

दार्जिलिङ घुम्न आउने गरका पर्यटक अहिले आएका छैनन् । उता यसअघि नै आन्दोलन र आम हड्तालकै कारण त्यहाँ रहेका भारतीय र बाह्य पर्यटक पनि भागेका थिए ।

हाल दार्जिलिङमा गोर्खाल्यान्डको आन्दोलन जारी रहेको छ । सो आन्दोलन पछिल्लो समयमा हिंसात्मक बन्दै गएपछि स्थानीयहरुमा मात्र नभएर बाह्य पर्यटकमा पनि त्रास छाएको छ । दार्जिलिङका रिसोर्टमा बुकिङ् गरेर बसेका पर्यटकले पनि भ्रमण अवधि छोट्याएर गएको छन् । दार्जिलिङ्का रिसोर्टहरु विदेशी पर्यटकका लागि निकै लोकप्रिय छन् ।

होटल बुकिङ् गरेका पर्यटक पनि भाग्नुपरेको र पछिल्लो समयमा त पर्यटक नै नआएको होटल व्यवसायीहरु बताउछन् । एकजना होटल व्यवसायीले अघिल्लो आइतबारसम्ममा दार्जिलिङबाट कम्तीमा पनि सात हजार पर्यटकले बुकिङ रद्द गराएका र यो क्रम हिजोआज झन बढेको जनाएका छन् ।

प्रकाशित मितिः २०७४ असार ६

वि.सं.२०७४ असार ६ मंगलवार ११:१४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...