back
NMB ad

दशगजामा भारतले खनेको कुलो नेपालको सशस्त्रले पुर्न लगायो

Kumari bank ad

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–५ मा पर्ने नेपाल–भारतको सीमा दशगजामा भारतीय वन विभागका कर्मचारीले कुलो खनेपछि नेपालको सशस्त्र प्रहरी सीमा सुरक्षा बल, सानोश्रीले उक्त कुलो पुर्न लगाएको छ । कतर्निया वन्यजन्तु आरक्ष भारतका कर्मचारीले सीमा स्तम्भ ७५ र ७६ को बीचमा सोमबार बिहान स्काभेटरले झन्डै २० मिटर लामो कुलो खनेका थिए ।

कुलो खनिरहेको खबर पाएलगत्तै प्रहरी निरीक्षक भूपेन्द्र पालको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले सीमा रेखामा दुवै देशले कुनै गतिवधि गर्न नपाउने भन्दै प्रतिकार गरेको थियो । “उनीहरुले खनिरहेको भूभाग भारततिर पर्ने दाबी गरेका थिए”, प्रहरी निरीक्षक पालले भने “सीमा स्तम्भबाट नौ मिटरभित्र पर्ने नपर्ने अन्यौल भएपछि हामीले खाल्डो पुर्न लगाएका हौं।”

अन्तर्राष्ट्रिय कानुनले दशगजाभित्र यस्ता कुनै पनि कार्य गर्न पाइँदैन । यता बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले यस विषयमा आफूलाई कुनै जानकारी नआएको बताए । रासस

वि.सं.२०७३ चैत १५ मंगलवार १३:२७ मा प्रकाशित

You can share this post!

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:२६

काठमाडौँ : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई...

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०६

कास्की : गण्डकी प्रदेश सरकारले आज  वैशाख ४ गते प्रदेशभर...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०१

काठमाडौँ : पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...