back
NMB ad

दसैं बिदामा पनि बैंक खुल्ने,प्रहरीले यसरी दिन्छन् सुरक्षा

Kumari bank ad

काठमाडौ । दसैंको बिदामा पनि निजी क्षेत्रका बैंकहरूले बैंकिङ सेवा सुचारु गर्ने भएका छन् । फूलपातीदेखि दसैं बिदाका कारण सबै सरकारी र अन्य कार्यालय बन्द रहे पनि सेवाग्राहीको हितलाई ध्यानमा राखेर निजी बैंकहरूले सेवा दिने जनाएका हुन् ।

दसैंमा लामो बिदा हुने भएकाले लामो समयसम्म बैंक तथा वित्तीय संस्थाहरू बन्द हुँदा आफ्ना ग्राहकहरूलाई असुविधा हुने भन्दै चाडबाडका बेला पनि बैंकहरूले योभन्दा अघिदेखि नै बैंकिङ सेवा उपलब्ध गराउँदै आएका छन् । त्यसका लागि राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थाका नाममा हालसम्म कुनै निर्देशन जारी गरेका छैनन् ।

साथै, दसैंका बिदाको समयमा बैंक तथा वित्तीय संस्थाहरूले कसरी बैंकिङ सेवा दिँदै छन् भन्ने विषयमा पनि राष्ट्र बैंकले विशेष केही गरेको छैन । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने, ‘राष्ट्र बैंकले दसैंको बिदामा बैंकहरूले कसरी सेवा दिन्छन् भन्नेबारे विशेष केही गरेको छैन ।’बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकको मागलाई मध्यनजर गर्दै आफ्नै ढंगले बैंकिङ सेवा दिने प्रवक्ता पौडेलले जानकारी दिए ।

आफ्ना ग्राहकहरूको सेवाका लागि बैंकहरूले दसैंको टीकाका दिनमा पनि बैंकका कतिपय शाखाहरू खुल्ने बैंकर्स संघले जनाएको छ । संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने, ‘टीकाको दिनमा पनि बैंक खुल्छन् ।’

दसैंको बिदाको दिनमा पनि बैंकहरूले होलिडे काउन्टर खोलेर आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा दिने उपाध्यक्ष ढुंगानाले बताए । ‘बिदामा बैंकका होलिडे काउन्टर पनि खोल्ने कुरा छ ।’

नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका ढुंगानाले राजधानीलाई जानकारी दिए । तर, कुन बैंकका शाखा कहाँकहाँ खोलिन्छ भन्नेचाहिँ निश्चित भएको छैन । सबै बैंकका सबै शाखा नखुले पनि समझदारीका आधारमा शाखाहरू खोलिने उनको भनाइ थियो ।

बैंक तथा वित्तीय संस्थाहरूका साथै उनीहरूका ग्राहकलाई समेत सुरक्षा दिन नेपाल प्रहरी पनि खटिने भएको छ । हालसम्म चाडबाडका बेला पनि बैंकिङ क्षेत्रमा कुनै अप्रिय घटना नभए पनि सम्भावित असुरक्षालाई ध्यानमा राखी प्रहरी परिचालित हुने भएको छ ।

प्रहरी प्रवक्ता मनोज न्यौपानेले भने, ‘चाडबाडमा बैंकिङ क्षेत्रको सुरक्षाका लागि प्रहरी तयार छ ।’ तर, बैंक तथा वित्तीय संस्थाहरूले पनि आफ्नो तर्फबाट सुरक्षा कसरी सुरक्षित रहने भनेर सुरक्षा अपनाउनुपर्ने प्रवक्ता न्यौपानेको भनाइ छ ।

प्रवक्ता न्यौपानेका अनुसार हरेक जिल्ला प्रहरी कार्यालयले बैंक भएका स्थानमा निगरानी गर्नेछन् । ठूला दुर्घटना नहोस् भनेर जनचेतनाका कार्यक्रमहरू पनि सञ्चालन गरिएको उनले बताए ।साथै, भैपरी आउने घटनालाई ध्यानमा राखी सादा पोसाकका प्रहरी खटाउन लागेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

यतिबेला बैंकिङ अपराधमा विदेशी नागरिकहरू पनि संलग्न हुने गरेका छन् । एटीएमबाट रकम चोरी गर्नेमा विदेशी नागरिकहरू धमाधम पक्राउ परिरहेको अवस्थामा ग्राहक तथा बैंकहरू आफैं पनि सजग रहनुपर्ने उनले बताए ।

चाडबाडका बेला पैसाको कारोबार धेरै गर्नुपर्ने भएकाले यस्तो समयमा चोरीका तथा लुटपाट र ठगी गर्नेहरू बढी मात्रामा घुमिरहेका हुन्छन् । यस्तो अवस्थामा बैंकमा पैसा जम्मा गर्न जाँदा र पैसा झिकेर ल्याउँदा सबै चनाखो हुनुपर्ने प्रवक्ता न्यौपानेको सुझाव छ । राजधानी दैनिकबाट

प्रकाशित मितिः २०७४ भदौ ४

वि.सं.२०७४ असोज ४ बुधवार १०:०२ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...