back
NMB ad

दसैंको खानपान : मासु र मसालेदार खान खाँदा ध्यान दिने कि ?

Kumari bank ad

दसैँमा मासुसहित चिल्लो र मसलेदार परिकार धेरैको भान्सामा बन्ने गर्छ । अरू वेला काम र कसरत गर्ने व्यक्ति दसैँमा अल्छी भएर घरमै बस्ने गर्छन् । असरदार खाना, त्यसमा पनि व्यायामको कमीले स्वास्थ्यमा हानि निम्त्याउन सक्छ ।  ग्रान्डी इन्टरनेसनल हस्पिटलका मुटुरोग विशेषज्ञ डा मिलनप्रकाश श्रेष्ठले दसैँमा कस्तो आहार गर्ने भन्नेबारे सुझाब दिएका छन्ः

रातोभन्दा सेतो मासु राम्रो : दसैँमा धेरैका घरमा रातो मासुको प्रयोग नै बढी हुन्छ । खसी, बोका, राँगा, बँदेल, भेडा, च्याङ्ग्राको मासु खाने चलन छ । दसैँमा मासु पकाउँदा तेल, भुटुन र मसलाको प्रयोग पनि बढी नै गरिन्छ । रातो मासुमा यसै पनि चिल्लो मात्रा बढी हुन्छ । यसले युरिक एसिड पनि बढाउँछ । रातो मासुको सट्टा सेतो मासुको प्रयोग गर्दा लाभदायक हुन्छ । कुखुरा, माछा, अस्ट्रिच, इमुलगायतको सेतो मासु रातो मासुभन्दा फाइदाजनक हुन्छ । रातो मासुमा अत्यधिक प्रोटिनका साथै ‘फ्याटी एसिड’ पनि प्रशस्त हुन्छ ।

मासुमा भएको कोलेस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई धेरै हानि गर्छ । यसले मुटुरोगीलाई सबैभन्दा बढी हानि गर्छ भने मुटुरोगको खतरा पनि निम्त्याउँछ । शरीरभित्र फ्याटी एसिडसँग कोलेस्ट्रोल मिलेपछि मात्र खराब चिल्लो पदार्थ बन्छ । रातो मासु भन्नाले चारखुट्टेको मासु जनाउँछ भने सेतो मासु भन्नाले पक्षीजन्य वा माछालाई जनाउँछ । रातो मासुमा स्याचुरेटेड फ्याटको मात्रा पनि बढी हुन्छ । यसले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

स्याचुरेटेड फ्याट हानिकारक : दूधबाट बनेका परिकारमा पनि स्याचुरेटेड फ्याट पाइन्छ । बेक गरिएका र बढी फ्राइड परिकारमा पनि यस्तो फ्याट बढी हुन्छ । अमेरिकन हार्ट एसोसिएसनका अनुसार आफूलाई चाहिने दैनिक क्यालोरीमध्ये स्याचुरेटेड फ्याटको मात्रा ५ देखि ६ प्रतिशतभन्दा बढी हुनु हुँदैन । स्वस्थ रहन स्याचुरेटेड फ्याट बढी भएका खाना नखानु नै उत्तम हुन्छ । स्याचुरेटेड फ्याटको तुलनामा मोनो अनस्याचुरेटेड फ्याट बढी राम्रो हुन्छ ।

ओलिभको तेल, बदामको तेल, तिलको तेललगायतमा यस्तो फ्याट बढी हुन्छ । यस्ता तेल भुटुनका रूपमा प्रयोग गर्न सके धेरै राम्रो हुन्छ । मोनो अनस्याचुरेटेड फ्याटले रगतमा नराम्रो कोलस्ट्रोल बढ्न नदिने र राम्रो कोलस्ट्रोलको मात्रा बढाउने गर्छ । एभोकाडो, पिनट बटर, आलसको गेडालगायतमा यस्तो फ्याट बढी पाइन्छ ।

नरिवलको तेलमा स्याचुरेटेड फ्याटको मात्रा बढी हुने भएकाले प्रयोग नगर्नु नै उत्तम हुन्छ । पोलिअनस्याचुरेटेड फ्याट अर्को राम्रो किसिमको चिल्लो हो । यसले पनि नराम्रो कोलेस्ट्रोल घटाई राम्रो कोलेस्ट्रोल बढाउन मद्दत गर्छ ।

सोयाबिनको तेल, मकैको तेल, सनफ्लावरको तेल आदिमा पाइने पोलिअनस्याचुरेटेड फ्याटले शरीरलाई आवश्यक पर्ने भिटामिन ‘ई’का साथै एन्टिअक्सिडेन्टको आवश्यकता पनि पूरा गर्छ । यसले शरीरमा उत्पादन नहुने ओमेगा–३ तथा ओमेगा ६ फ्याटी एसिडको आवश्यकता पनि पूर्ति गर्न मद्दत गर्छ । मुटुरोग, रक्तचाप, प्यारालाइसिसलगायत रोगबाट टाढा रहन खानामा स्याचुरेटेड फ्याटको मात्रा कम तथा मोनो र पोलिअनस्याचुरेटेड फ्याटको मात्रा बढी हुनुपर्छ ।

छालायुक्त मासु अहितकर : छालासहित जनावरको खुट्टा, पखेटा, साप्रोमा चिल्लो पदार्थ, कोलस्ट्रोल र क्यालोरीको मात्रा बढी हुन्छ । यसले पनि विभिन्न रोगलाई निम्तो दिन्छ । खसी–बोकालगायतका जनावरको छालामा काटिएर रहेका रौँ पनि बाँकी नै हुन्छन् । त्यसैले छाला नभएको मासु खानु बढी स्वस्थकर हुन्छ । अन्डा खाने हो भने भित्री पहेलो भाग नखानु राम्रो हुन्छ । यसमा कोलेस्ट्रोलको मात्रा बढी हुने भएकाले सेतो भाग मात्रै खानु स्वस्थकर हुन्छ ।

ड्राइफुड र कोल्डड्रिंक्स कम गर्नु राम्रो : दसैँमा चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जंकफुड नखाएकै बेस हुन्छ । कोल्डड्रिंक्स, आइसक्रिम, मह, जाम, केकलगायत पनि नखाएकै बेस हुन्छ । मधुमेह, प्रेसर र मुटुरोगीका लागि यस्तो झन् हानिकारक हुन्छ । ड्राइफुडसहित प्याकेजिङ फुडले स्वास्थ्यलाई फाइदा गर्दैन ।

बजारमा पाइने प्याकेट गरिएका धेरैजसो खाद्यपदार्थमा कम्पोजिसन भनेर प्याकेटमै यस्ता कुरा लेखिएका हुन्छन् । थोरै ध्यान दिने हो भने कुन खाद्यपदार्थमा कस्ता किसिमका चिल्ला पदार्थ छन् भनेर बुझ्न सकिन्छ ।

मसलाको मात्रा घटाउनु बेस : दसैँका परिकारहरूमा मसलाको प्रयोग अत्यधिक हुने गर्छ । चिल्लोसँगै मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्छ । मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ धेरै राख्नु पनि उचित होइन ।

बजारमा पाइने रेडिमेड मसलाको शुद्धतामा ग्यारेन्टी गर्न नसकिने हुँदा तिनीहरूले शरीरमा मन्द विषको काम गर्न सक्छन् । घरमै तयार गरेको मसला खानु राम्रो हुन्छ । अझ दसैँका वेला दीर्घरोगीहरूले स्वास्थ्यमा विशेष ध्यान दिन जरुरी छ । दसैँमा मनलाग्दी तवरले खानपिन गर्दा मधुमेह, उच्च रक्तचाप, मुटु र एसिडका बिमारीलाई बढी समस्या पर्न सक्छ ।

फुडप्वाइजन हुने खतरा : प्रोटिनयुक्त खानेकुरा बढी खाइने भएकाले कतिपयलाई अपच हुनसक्छ । चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुराको मात्रा नमिलाई खाँदा शरीरलाई हानि गर्छ । यस्ता खानेकुराले ग्यास्ट्रिक बढाउने, टन्सिल हुनेलगायतका समस्या हुन्छ । बोसोयुक्त परिकारले कोलेस्ट्रोल बढाउने, अपच हुने, कब्जियत, फुडप्वाइजनजस्ता समस्या देखापर्छन् । कतिपय काँचै मासु खान्छन् । यस्तो मासुले फुडप्वाइजनको सम्भावना बढाउँछ । चिल्लो बढी भएको मासु उसिनेर पकाउन पनि सकिन्छ ।

सन्तुलित भोजन नियमित व्यायाम : दसैँ हो भन्दैमा मासु मात्रै खानु राम्रो होइन । मासु खाए पनि हरियो सागपात र ताजा फलफूल पनि सन्तुलित रूपमा खानुपर्छ । यस्ता खानाले शारीरिक सन्तुलन मिलाउँछ । शारीरिक कसरत कम गर्नेले मासु निकै कम खानुपर्छ । शाकाहारी भोजन मुटुरोगका लागि फाइदाजनक हुन्छ । तर, नियन्त्रित रूपमा माछा–मासु खाएर पनि हानि गर्दैन । उच्च फाइबरयुक्त खानाले मुटुलाई फाइदा गर्छ ।

वि.सं.२०७३ असोज २३ आइतवार १६:४२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...