back
NMB ad

दशैंमा काठमाडौं बाहिर जानेका लागि भोलिदेखि टिकट बुकिङ खुला हुने

Kumari bank ad

काठमाडौ। दशैंमा काठमाडौं बाहिर जानेका लागि भोलिदेखि टिकट बुकिङ खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको बैठकले मंगलबारदेखि टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

यातायात व्यवसायीको मागबमोजिम छतमा सामान राख्न पाउने भएपछि बुकिङ खुला गर्न व्यवसायी तयार भएका हुन् । सामानबाहेक यात्रु र खसीबोका छतमा राखेको पाइए कडा कारवाही गर्ने प्रहरीले जनाएको छ । यता यातायात व्यवस्था विभागले तोकिएको भाडादरभन्दा बढी नतिर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यातायात व्यवसायीहरुले दशैंको मौका पारेर यात्रुहरुबाट मनपरी भाडा असुल्ने प्रवृत्तिको नियन्त्रणका लागि यातायात व्यवस्था विभागले अनुगमन टोली नै खटाएको जनाएको छ ।

सवारीसाधनले विभिन्न बहाना बनाई यात्रुबाट लिने तोकिएभन्दा बढी भाडादरको निगरानीका लागि विभागले यस्तो संयन्त्र तयार गरेको हो । “दशैंको मौका पारेर मनपरी भाडा लिने सवारीसाधनको निगरानीका लागि हामीले अनुगमन टोली गठन गरी फिल्डमा पठाइसकेका छौं,” यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने, “सरकारले तोकेभन्दा बढी भाडा असुल्ने सवारीसाधनलाई रु.५ हजारसम्म जरिवाना गर्नेछौं ।”

यता ट्राफिक प्रहरी महाशाखाले यात्रुबाट तोकिएभन्दा बढी भाडा असुल्ने, यात्रुसँग दलाली गर्ने सवारीसाधन तथा टिकट काउण्टरको निगरानी अगाडि बढाएको छ । “विगत दुईदिन यता हामीले तोकिएभन्दा बढी भाडा लिने १६ सवारीसाधनलाई नियन्त्रणमा लिएका छौं,” महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्र खनालले भने, “हामीले यस्तो मनपरीतन्त्र नियन्त्रणका लागि सादापोशाकमा समेत कर्मचारी खटाएका छौं ।”

प्रकाशित मितिः २०७४ भदौ २६

वि.सं.२०७४ भदौ २६ सोमवार १२:४० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...