back
NMB ad

दुग्ध विकास संस्थान ४८ वर्षपछि नाफामा

Kumari bank ad

काठमाडौँ । झन्डैझन्डै टाट पल्टिसकेको दुग्ध विकास संस्थान ४८ वर्षपछि नाफामा उक्लिएको छ । गत वर्ष तीन करोड नाफा गरेको सो संस्थानले यस वर्ष दोब्बर नाफा गरेको छ ।

राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन र संस्थाभित्रका कर्मचारी युनियनको भागबन्डाको संस्कारले ओरालो लागेको यो संस्था स्थापना भएको करिब ४८ वर्षपछि नाफामा उक्लिएको हो ।

“नाफामा जानथालेपछि हाम्रो चेहरामा चमक देखिन थालेको छ”–संस्थामा कार्यरत कर्मचारी देवेन्द्र देवले दुग्ध विकास संस्थान (डिडिसी) को ४८ औँ वार्षिकोत्सवको अवसरमा भने।

संस्थाले वार्षिकोत्सवको सन्दर्भ पारेर शनिबार दुई प्रकारको नयाँ उत्पादन सार्वजनिक गरेको छ । ‘दूध चिया’ र गाई भैँसीलाई खुवाइने ‘डिडिसी पशुआहार’ दाना सार्वजनिक गरेको हो ।

किसानलाई गुणस्तरीय दाना उपलब्ध गराई दुधको उत्पादन बृद्धि गर्न र चियाका पारखीलाई लक्षित गरी सन्तुष्टि दिन उक्त वस्तुको उत्पादन तथा बिक्री वितरण सुरु गरिएको संस्थाका अध्यक्ष खिमबहादुर थापाले बताए । ‘दूध चिया’ को मूल्य प्रतिलि रु ६० र दानाको मूल्य प्रतिकिलो रु ३३ निर्धारण गरिएको छ । दूधको बिक्री वितरण कार्य दुग्ध विकास संस्थानका विभिन्न निकायबाट र दाना कारखाना मकवानपुर, हेटौँडा नगरपालिका १० मा स्थापना गरिएको छ ।

वार्षिक आठ करोड लि दूध बिक्री गर्दै आएको डिडिसीले करिब ४४ जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । दैनिक दुई लाख ५० हजार लि दुध किसानबाट सङ्कलन गरी प्रतिदिन रु एक करोड भुक्तानी गर्दे आएको संस्थाका महाप्रबन्धक गङ्गा तिम्सिनाले बताए ।

कार्यक्रममा पशुपक्षी विकास मन्त्री शान्ता मानवीले आगामी तीन वर्षभित्र नेपाललाई दूधमा आत्मनिर्भर बनाइने दाबी गरिन् ।
१ साउन २०७३

वि.सं.२०७३ साउन ४ मंगलवार ११:३३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...