back
NMB ad

३५ करोड लागतमा डिडिसीले उत्पादन गर्दैछ यूएचटी दूध !

Kumari bank ad
काठमाण्डौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले नेपालमा यूएचटी दूध उत्पादन गर्ने भएकोछ । अल्ट्रा हिट ट्रिटेड (युएचटी) अर्थात उच्च तापक्रममा तताइएको दूध प्याकिङ गरी विक्री गर्ने काममा सरकारी र निजी क्षेत्रले हात हाल्न नसकिरहेको अवस्थामा डिडिसीले यस्तो दूधको उत्पादन गर्न लागेको हो ।
प्लान्ट निर्माणका लागि सरकारसँग अनुदान मागेको डिडिसीले यसैवर्ष अनुदान पाउने लगभग पक्का भइसकेको छ । सरकारले अनुदान उपलब्ध गराए लगतै डिडिसीले प्लान्ट स्थापनाका लागि काम थाल्ने छ । युएचटी दूध प्लान्टको स्थापनाका लागि ३५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । चालु आर्थिक बर्षको बजेट भाषणमा नै यो कुराको उल्लेख भएकाले आफूहरु उत्साहित रहेको डिडिसीले जनाएकोछ ।
युएचटी दूध उच्च तापक्रममा प्रशोधन प्याकिङ गरिने दूध हो । यो तयारी दूध भएकाले बजारमा किनेर सिधै सेवन गर्न सकिनेछ । फ्रिजमा नराखेपनि यो बिग्रिँदैन भने यसलाई जहाँ पनि लैजान सकिन्छ । यसलाई उत्पादन भएको ६ देखि १० महिनासम्म प्रयोग गर्न सकिन्छ ।
२४ साउन २०७३, ९।००

 

वि.सं.२०७३ साउन २४ सोमवार ११:१४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...