back
NMB ad

बटुवालाई जोगाउँने प्रहरीको मृत्यु

Kumari bank ad

झापा । सवारीको ठक्करबाट झापामा कार्यरत एक प्रहरी जवानको सोमबार मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेर सडकमा हिँडिरहेका एक व्यक्तिलाई जोगाउने क्रममा उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इलाका प्रहरी काँकडभिट्टामा कार्यरत प्रहरी जवान २६ वर्षीय अशोक खवास रहेका छन् ।
उनी कार्यालय अनारमनीमा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत थिए ।

उनलाई गत जेठ १८ गते राति १० बजे पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा सडकखण्डमा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेका अनुसार उनी सवारीको ठक्करबाट गम्भीर घाइते भएका थिए । उपचारको क्रममा सोमबार बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजमा मृत्यु भएको हो ।
खवासलाई तीव्रगतिमा आएको नम्बर नखुलेको सवारीले ठक्कर दिएर फरार भएको थियो ।

प्रहरी जवानलाई ठक्कर दिएर सवारीसहित फरार चालकलाई प्रहरीले काँकडभिट्टाबाटै दुई दिनपछि नियन्त्रणमा लिएको बताइएको छ ।

घटनामा संलग्न भएको भन्दै मेचीनगरपालिका–७ निवासी ट्याक्सी चालक देवान राजवंशीलाई को १ च ८४५६ नम्बरको ट्याक्सीसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।
प्रकाशित मितिः २०७२ जेठ २३

वि.सं.२०७४ जेठ २३ मंगलवार ११:०६ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...