back
NMB ad

डन दीपक मनांगे मनाङ जिल्ला अध्यक्ष !

Kumari bank ad

काठमाडौ । डन दीपक मनांगे राप्रपाको मनाङ अध्यक्ष भएका छन्। बुधबार काठमाडौंको नयाँबजारमा भएको राप्रपा मनाङको जिल्ला अधिवेशनमा मनांगे सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन भएको राप्रपा प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए।

मनांगे चार सय युवासहित एक महिनाअघि राप्रपा प्रवेश गरेका थिए। हिमाली जिल्ला मनाङमा चिसोका कारण अधिवेशन हुन नसकेकाले काठमाडौंमै गरिएको हो।

प्रवक्ता श्रेष्ठले कानुनले मनांगेलाई कुनै सजाय नतोकेको भन्दै असल नागरिक भएर जसले पनि राजनीति गर्न पाउने बताए। कानुनले मनांगेलाई सजाय तोकेको छैन। पार्टी जीवनमा प्रवेश गर्छु, भलाद्मी बन्छु, असल नियतले राजनीति गर्छु र असल नागरिक भएर राजनीति गर्छु भन्न जसले पनि पाइन्छ,’ श्रेष्ठले भने, ‘त्यसैले मनांगे राप्रपाको अध्यक्ष हुनुलाई अस्वाभाविक मान्न मिल्दैन।’

निर्वाचित भएपछि मनांगेले ३५ सदस्यीय समिति गठन गरेका छन्। निर्वाचित भएपछि मनांगेले कुनै प्रतिक्रिया दिएनन्। मनांगे सांगठनिक अपराध गरेकोमा पटक–पटक प्रहरीबाट पक्राउ पर्दै छुट्दै आएका छन्। विशेष अदालतमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ।

गत संविधानसभा चुनावमा मनाङमा कांग्रेसका टेकबहादुर गुरुङले १४ सय मत ल्याएर जितेका थिए। राप्रपाले ११ सय र राप्रपा नेपालले ६ सय मत ल्याएको थियो। दुई राप्रपा एक हुँदा मनाङमा राप्रपा बलियो देखिएको थियो। मनांगे प्रवेश गरेपछि राप्रपा बलियो भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। मनाङमा निर्वाचन हुँदा काठमाडौंबाट भोटरलाई हेलिकोप्टरमा लगेर दलहरूले आफ्नो दलमा भोट हाल्न लगाउने गरेका छन्।

नयाँ पत्रिका दैनिकबाट साभार

प्रकाशित मितिः २०७३ माघ २६

वि.सं.२०७३ माघ २६ बुधवार ०८:०६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...