back
NMB ad

जब दीपकराज गिरीले भने ‘झिंगालाई तोप नहानौं …’

Kumari bank ad

काठमाण्डौं । नेपाली सेनाका जर्नेल नै बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको स्वागतमा पुगेकोमा भएको आलोचनाले यतिबेला नेपालदेखी भारतसम्मका मिडिया तातेका छन्।

राजेश हमाल, भुषण दहाल लगायत धेरैले यो घटनाको आलोचना गरिरहेका बेला हाँस्यकलाकार दीपक राज गिरीले भने सेनाको मसर्थनमा बोलेका छन् । फेसबुकमा उनले समग्र प्रकरणलाई झिगाँलाई मार्न तोप प्रयोग गरिएको जस्तो भएको भनेका छन्।

उनले लेखेका छन् :
 ‘मनोबल नै चाहि गिरेको छैन … भनिन्छ आलोचना नै गर्न तिर लाग्यो भने भगवान विरूद्द नै मुद्दा हाल्न सक्ने कारणहरू भेटिन्छन् …. सोनाक्षीलाई एउटा सेनाको जर्नैलले स्वागत गरेको धटनाले यत्रो बितन्डा मच्चाएको चाँहि आश्चर्यजनक हो। यो घटनाले मनोबल नै गिराउने तहसम्मको काम चाहि गरेको छ जस्तो लाग्दैन। सेनाले पोशाक लगाएर दाउद इब्राहिमलाई स्वागत गरेको होइन। आफ्नै नजिकको एउटा संस्थाले देशको विपतमा सहयोग गर्न निम्त्याएको पाहुना कलाकारलाई स्वागत गरेको हो।

 त्यो सम्मान सोनाक्षीलाई होइन कला , साहित्यका पारखीलाई गरिएको हो। एउटा पाहुनालाई गरिएको सम्मान हो। पाहुनालाई भगवान मान्ने हाम्रो पूरानो संस्कार छ … सोनाक्षीलाई ल्याउदा ३१ तोपको सलामी दिएर जरसाबले स्यालुट ठोकेका छैनन्, सामान्य तबरले स्वागत मात्र गरेका हुन्। भबिष्यमा अलि सजक हुन चाहि सकिन्छ तर राज्य तहबाट नै यति धेरै चासो दिनु चाहि हाम्रो नकारात्मक चिन्तनको परिचय हो। साथी हो झिगॉलाइ तोप नहानौ सामान्य थप्पड भए पुग्छ। यो सानो गल्ति होला तर मनोबल नै चाहि गिरेको छैन्। त्यति कमजोर मनोबल छैन हाम्रो कि सेनाले गरेको लाखौ पुन्यका काम बिर्सेर सामान्य भूलका कारण मनोबल गिरोस …’

३ जेठ २०७३, ११।००

वि.सं.२०७३ जेठ ३ सोमवार १३:३२ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...