back
NMB ad

बेलुकाको समयमा उद्योग नचलाउन कुलमान घिसिङको आग्रह

Kumari bank ad

काठमाडौं । बेलुका साढे ७ देखि ८ बजेसम्म बढि बिजुलीको माग हुने गरेको छ । खाना पकाउन र बत्ती बाल्न बिजुलीको अत्याधिक प्रयोग हुने गरेकोले विजुलीको माघ बढेको हो । बेलुका आधा घन्टा सबैले एकै समयमा बिजुली प्रयोग गर्ने हुँदा पनि माग बढि हुदै आएको नेपाल विद्युत प्राधिकरणको भनाइ छ ।

बेलुकाको समयमा बढि बिजुली खपत हुने भएकाले जलाशययुक्त आयोजना सञ्चालन र उद्योगको बिजुली कटौती गर्नुपरेको छ ।’ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्छन्र्–’बेलुकाको माग धान्न थप दुई सय मेगावाट बिजुली चाहिन्छ । त्यही माग धान्न कुलेखानी जस्ता जलाशययुक्त आयोजना चलाउन गरिएको र उद्योगको बिजुली कटौती गर्नुपरेको हो।’
बेलुका बिजुलीको माग बढेर व्यवस्थापन गर्न समस्या भएपछि प्राधिकरणले बेलुका उद्योग सञ्चालन नगरिदिन अनुरोध गर्दै आएको छ । लोडसेडिङ हुन नदिन बेलुका १२ सय मेगावाट बिजुली आवश्यक पर्ने प्राधिकरणको भनाइ छ । तर, आयोजनाको क्षमता अनुसार पूर्ण रुपमा सञ्चालन हुने हो भने ८ सय ४० मेगावाट बिजुली उत्पादन हुन्छ ।

आयोजना पूर्ण रुपमा चल्दा पनि तीन सय ६० मेगावाट बिजुली अपुग हुन्छ । तर, अहिले खोलामा पानीको अभाव भएका कारण आयोजना पूर्ण रुपमा चल्न सकेका छैनन्।सबैभन्दा कम ६ सय मेगावाट भन्दा थोरै बिजुली खपत रातिमा हुने गरेको छ ।

प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार, भारतबाट तीन सय १४ मेगावाट बिजुली आयात हुन्छ । यसैगरी, नेपाल विद्युत प्राधिकरणले निर्माण गरेका आयोजनाबाट तीन सय ३६ मेगावाट, निजी क्षेत्रबाट निर्माण भएका आयोजनाबाट एक सय ९० मेगावाट बिजुली उत्पादन हुँदै आएको छ ।
अहिले बिजुलीको माग १२ सय मेगावाट छ । गत वर्ष यो बेला १३ सय मेगावाट बिजुलीको माग थियो । इन्भर्टरको प्रयोगमा कमी, चुहावट नियन्त्रण र किफायती प्रयोगमा ध्यान दिएका कारण बिजुलीको माग कम भएको प्राधिकरणको भनाइ छ ।
हिउँदमा खोलामा पानी कम हुने हुँदा आयोजनाबाट बिजुली उत्पादन पनि कम हुने गर्छ । एक सय ४४ मेगावाट क्षमताको कालीगण्डकी आयोजनाबाट अहिले ६० मेगावाट मात्र उत्पादन रहेको छ । यसैगरी, १२ मेगावाट क्षमताका आयोजनाले आठ मेगावाट मात्र बिजुली उत्पादन गरेका छन्।  निजी क्षेत्रबाट निर्माण भएको एक आयोजनाको क्षमता १० मेगावाट भए पनि एक मेगावाट मात्र बिजुली उत्पादन हुँदै आएको छ । केही दिनयता हिउँ पग्लन थालेर खोलामा पानी बढेको हुँदा लोडसेडिङ घटाउन सहज भएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले साँझ साढे ४ देखि राति साढे ८ बजेसम्म औद्योगिक क्षेत्रमा लोडसेडिङ गरेपछि विद्युत आपूर्ति गर्न सहज भएको छ । साँझको समयमा घरायसी प्रयोजनको लागि बिजुलीको माग अत्यधिक भएकोले यो समयमा उद्योग नचलाउन प्राधिकरणले सुझाप दिएका छन् ।

प्रकाशित मितिः २०७४ जेठ ११

वि.सं.२०७४ जेठ ११ बिहीवार १५:२६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...