back
NMB ad

डिप्रोक्स लघुवित्त विकास बैंकले पनि ल्यायो हकप्रद सेयर !

Kumari bank ad

काठमाण्डौं । डिप्रोक्स लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई शतप्रतिशत अर्थात एक बराबर एक हकप्रद सेयर दिने भएको छ। राष्ट्रियस्तरको हकप्रदको सम्बन्धी प्रस्ताव पारित गर्नका लागि बैंकले असार १५ गते विशेष साधारणसभा बोलाएको छ ।

साथै बैंकले विशेष साधारणसभा प्रयोजनका लागि आषढ ५ गतेदेखि १५ गतेसम्म सेयर धनी दर्ता पुस्तीका बन्द रहने जनाएको छ ।

नबिल बैंक, कृषि विकास बैंक, नेपाल बैंक, विकास आयोजना सेवा केन्द्र, लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी लगायतका बैंक तथा वित्तीय क्षेत्रका बिशेषज्ञहरुको प्रत्यक्ष लगानी र वित्तीय सेवा मार्फत महिला सशक्तिकरण तथा गरिवी निवारणको मुख्य उद्देश्यका साथ बैंकले ३६ जिल्लाका ६८ शाखाहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

गत आर्थिक बर्षको मुनाफाबाट ५० प्रतिशत बोनश दिएको बैंकले शतप्रतिशत हकप्रदको प्रस्ताव गरेको हो । बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पूँजी २५ करोड ७९ लाख रुपैंया पुगेको छ । हकप्रद सेयर वितरण पश्चात कम्पनीको चुक्तापूँजी ५१ करोड ५८ लाख रुपैयाँ नाघ्नेछ ।

३० जेठ २०७३, १२।००

वि.सं.२०७३ जेठ ३० आइतवार १३:०२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...