back
NMB ad

लघुवित्त विकास बैंकले दिने भो शतप्रतिशत हकप्रद, मौका नछुटाउनुहोस्

Kumari bank ad

काठमाण्डौं । डिप्रोक्स लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई शतप्रतिशत अर्थात एक बराबर एक हकप्रद सेयर दिने भएको छ । धितोपत्र बोर्डले बैंकलाई हकप्रद जारी गर्ने अनुमति दिएको छ । गत असारमा सम्पन्न बैंकको विशेष साधारणसभाले हकप्रदको प्रस्ताव पारित गरेको थियो ।

हाल बैंकको चुक्ता पूँजी २५ करोड ७९ लाख रुपैंया छ । बैंकले २५ लाख ७९ हजार २३८ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद सेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ५८ लाख रुपैयाँ नाघ्नेछ । बैंकले गतबर्षको मुनाफाबाट ३५ प्रतिशत बोनस बाँडेको थियो । बोनस समेत जोड्दा बैंकको पुँजी ६० करोड नाघ्नेछ ।

बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिंग लिमिटेड रहेको छ ।  बैंकले ४७ जिल्लाका ८१ शाखाबाट लघुवित्त सेवा प्रदान गरिरहेको छ । कम्पनीले चालु आर्थिक बर्षको असोज मसान्तसम्म बैंकले ६ करोड ९३ लाख खुद नाफा कमाएको थियो ।

१० माघ २०७३, ११।००

वि.सं.२०७३ माघ १० सोमवार ११:०१ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...