back
NMB ad

देउसीभैलोबाट संकलित रकम विद्यालयलाई

Kumari bank ad

 

अछाम । तिहारको अवसर पारी खेलिएको देउसी–भैलोबाट संकलित रकम विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि खर्च गरिने भएको छ ।

चौरपाटी गाउँपालिका–१, सिउडीमा देउसीभैलोबाट संकलित रु एक लाख २५ हजार रकम विद्यालयको शैक्षिक र भौतिक विकासमा खर्च गर्ने निर्णय भएको हो ।

स्थानीय देवीस्थान आधारभूत विद्यालय र परिवर्तनशील युवा क्लबले तिहारको समयमा देउसीभैलो खेलेर संकलन भएको रकमले विद्यालयलाई केही राहत हुने विद्यालयका प्रधानाध्यापक हर्कबहादुर साउदले बताए ।

विद्यालयको आर्थिक अवस्था कमजोर रहेको तथा भौतिक र शैक्षिक अवस्था पनि खस्किँदो भएकाले संकलित रकम विद्यालयलाई प्रदान गरिएको युवा क्लबका अध्यक्ष लालबहादुर साउदले बताए ।

परिवर्तनशील युवा क्लबका अध्यक्ष लालबहादुर साउद र विद्यालयका प्रअ हर्कबहादुर साउदको नेतृत्वमा खेलिएको देउसीभैलो कार्यक्रमबाट संकलित रकमका कारण विद्यालयलाई निकै राहत भएको र उक्त रकम सामाजिक काममा खर्च गरी शिक्षाको पहँुचबाट पछाडि परेका बालबालिकाको हितमा लगाउनु निकै सराहनीय कार्य भएको स्थानीय अजित विकले बताए ।

यस्तै, कमलबजार नगरपालिका–१० को जनज्योति युवा क्लबको देउसीभैलो कार्यक्रमबाट संकलित रु ६१ हजार ६०० पनि गाउँमा सामाजिक कार्यमा खर्च गरिने क्लबका सल्लाहकार सदस्य राम विष्टले जनाकारी दिए । रासस
प्रकाशित मितिः २०७४ कार्तिक ८

वि.सं.२०७४ कात्तिक ८ बुधवार ०६:३३ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...