back
NMB ad

पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको दिगो विकास मोडेल !

Kumari bank ad

पहिलो कृषि : कुन जिल्लामा कुन खेती गर्ने ?

अहिले हाम्रो देश निर्माणका लागि चारवटा कुरामा जोड दिनुपर्छ । पहिलो हाम्रो देशको प्रवेश मार्ग भनेको कृषि हो । कृषिको विकास भनेर गफ लगाएर मात्र हुँदैन । मैले भन्दै आएको छु, यदि ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा लगायत जिल्लामा जाने हो भने अलंैची र चियामा अनुदानको व्यवस्था गरौं । १५ बर्ष अनुदानको व्यवस्था गरौं । १६ बर्षदेखि किसानलाई आफ्नै खुट्टामा उभिन लगाउँ । अहिले प्रतिमन एक लाख रुपैयाँ पर्ने अलैंचीलाइ त्यसको प्रशोधन, प्याकिङ त्यँहि पुरा गरी एकलाख प्रतिमनलाई पाँच लाखको दरले बिक्री गर्न सक्ने बनाउँ । पाँच गुणा त्यसको मूल्य बढाएपछि जमिन किन धेरै चाहियो । त्यहि जमिनले नै उत्पादन बढाए सरह काम गरिहाल्छ ।

अलैंचीका टे«निङ सेन्टरहरु, अलैंचीका कलेज, अलैंचीका विज्ञ सबै कुरा दिनुपर्छ । अलैंची आज पनि दाउराले पोलिरहेका छन् । दाउरामा पोल्दा डढेर नष्ट हुँदो रहेछ । त्यसका लागि आधुनिक प्रबिधि दिन सकिएको छैन । विकास निर्माणमा लाग्नेले आफुलाई सम्बन्धित विषयमा केन्द्रित गर्नुपर्यो । विकास जसले गरेपनि हुन्छ । आखिर अन्तिममा फाईदा त जनताले नै पाउने हुन् ।

सिराहा, सप्तरीलाई आँप उत्पादनको थलो बनाउँ । सबै ठाउँमा धान नै लगाउनुपर्छ भन्ने जरुरी छैन । झापामा उत्पादन हुने जति धान सिरहामा जति सिँचाई भएपनि फल्दैन । त्यहाँको माटो नै त्यस्तै छ । आँपलाई धेरै पानी पनि चाहिँदैन । सिरहा र सप्तरीलाई आँप सेन्टर बनाउँ । आँप अध्ययन केन्द्र, आँपको विज्ञ, आँप प्याकिङ सबै कुरा त्यहिँ नै गर्ने व्यवस्था गरौं ।
धनुषा, महोत्तरीलाई माछा उत्पादनको केन्द्र बनाउँ । धादिङ, काभ्रे लगायत आसपासलाई तरकारी उत्पादनमा केन्द्रित गरौं । त्यहि अनुरुप अनुदान विज्ञ र आवश्यक तालिम सबै क्षेत्रमा प्रदान गरौं ।
चितवन, नवलपरासी दाउन्ने, गैंडाकोटको भेग पोल्ट्रीको पकेट क्षेत्र बनाऔं । गुल्मी, अर्घखाँची, पाल्पामा कफिको विकास गरौं । मुस्ताङ र मनाङमा जडिबुटी र स्याउमा केन्द्रित गरौं । बाँके, बर्दिया, कञ्चनपुरमा धान उत्पादनमा जो दिउँ । यसरी निश्चित स्थान तोकेर देशैभर सोहि किसिमको व्यवस्था गर्ने हो भने हाम्रो उत्पादनले अहिले पाइरहेकै मूल्यमा तीन गुणा बढी मूल्य लिन सकिन्छ ।

आज ७ खर्बको हाम्रो कृषि उत्पादन छ त्यसलाई कमसेकम २० खर्बको पु¥याउन सकिन्छ । आजकै मुल्यमा हेर्दा दुई खर्बको धान उत्पादन हुँदा एक खर्बको कुखुरो उत्पादन हुँदो रहेछ । धानमा कति लगानी गरेका छाँै ! यति धेरै जमिन छ । तर कुखुरोमा त हामीले धेरै लगानी गरेका छैनौं । चितवनमा मात्रै देशकै कुल उत्पादनको पचास प्रतिशत कुखुरा उत्पादन हुँदो रहेछ । देशको पचास अर्बको कुखुरो चितवन, गैंडाकोट भेगमा मात्र हुँदो रहेछ । तर त्यो भेगमा सम्पुर्ण जमिनमा धान लगायो भने पचास अरबको धान फल्छ त ? जबकि देशभरिमा नै दुई खर्बको छ भने २५ प्रतिशत त फल्न सक्दैन ।

तर दश खर्बको कुखुरो उत्पादन गर्न सकिन्छ । किनकि त्यहाँ अहिले थोरै क्षेत्रफलमा मात्र कुखुरो उत्पादन भएको छ । हिमालयन चिकेन भनेर ब्राण्डिङ गरेर संसारभर पठाउन सके त्यसले राम्रो बजार लिनेछ । एउटा ठाउँलाई मात्र केन्द्रित गरौं । यो क्षेत्रलाई पोल्ट्रि सेल्टर बनाउँ, पोल्ट्रि हेडक्वाटर बनाउँ, पोल्ट्रिका सम्पुर्ण कुरा गरौं । दाना बनाउँ, त्यसका रोगलाई भ्याक्सिनदेखि सबै उतपादन गरौं । सबै चिज त्यहीँ बनोस् । त्यसो हुने बित्तिकै त्यहिँ बिशेषज्ञता हुन्छ अनि देश बन्छ ।

जस्तो पहिले भारत भरी नै धान लगाउँदा खान पुग्दैनथ्यो । तर अहिले पन्जाब एक्लैले धान लगाउँदा खान पुग्छ । धेरै ठाउँमा लगाएर हुने होईन रहेछ नि त । त्यसको उत्पादनको आकार बढाउने र निश्चित विषयसँग केन्द्रित बन्दा उत्पादन बढ्ने रहेछ । यसले धेरैलाइ रोजगारी सिर्जना सँगै उत्पादन वृद्धि गर्दछ । छिटो आर्थिक विकास गर्न सकिन्छ । यी उदाहरण मात्र हुन् देशभरका सबै जिल्लालाई एक न एक विषयमा प्राथमिकता दिए कृषि उतपादनले देश आत्म निर्भर बन्न सक्छ ।

दोस्रो पूर्वाधार : एउटा बाटोमा १० लाख मानिस अट्ने रोजगारी

पुर्वाधारमा विषयमा पनि हामीले निश्चित गरौं । त्यसमा सडक बाटो विस्तारलाई जोड दिउँ । यहाँ एउटै हाइवेले १० लाख मान्छेलाई रोजगारी दिन्छ । ५ वटा हाईवे बनाउँदा पचास लाख मान्छे रोजगार हुन सक्छन् । अहिले हामीलाई सम्वृद्धि पनि चाहिएको छ, आम्दानी पनि चाहिएको छ । त्यो हिसावले पनि पूर्वाधार निर्माणमा ध्यान दिनैपर्छ । सुरु हामीले फास्ट ट्राक र उत्तरतिर जाने बाटो विस्तार बाट गर्न सक्छौं ।

केही शहर बनाउँ । जस्तो मान्नुस् म चितवनबाट प्रतिनिधित्व गर्छु । देवघाटदेखि दुबै नारायणीको तटबन्ध गरेर दुबै साईडमा चार लेनको हाइवे बनाउने र तल त्रिबेणी साइटमा १०/१५ मिटर अग्लो बाँध बनाएर पानी तलाउ गर्ने, चार पाँच वटा पुल बीच बीचमा बनाईदिने र वारी पारी क्रसिङ गरिदिने र बेलुका नारायणीमा बोट (डुंगा) मा डिनर गर्ने भनेर भन्ने हो भने त्यहाँ कति रोजगारी र कमाई गर्न सकिन्छ कल्पना गरौं त ! सबै क्षेत्र रिसोर्टमा जान सक्छ ।

दाउन्नेदेखि भरतपुरसम्म दुईवटै किनारा जोड्ने हो भने पचासौं लाख जनसंख्या अट्न सक्ने शहर बनाउन सकिन्छ । यस्तो चार÷पाँच वटा शहर बन्ने बित्तिकै ८० प्रतिशत ९० प्रतिशत मान्छे शहरमा आउँछन् । गाउँलाई ठूला फार्मिङमा दिए भईहाल्छ ।

त्यस्तै २\३ वटा जलबिद्युत् परियोजनामा जोड गरौं जसले पुरै देशलाई पुग्ने बिजुली उत्पादन गर्न सकोस् ।

तेस्रो पर्यटन : पर्यटनमा सरकारको योजना खोई ?

हाल पर्यटनमा नीजि क्षेत्रका व्यवसायीहरुले यसो डाँडाकाँडामा बाटो पुगेको र शीतल स्थान देखे भने ओहो ! यहाँ रिसोर्ट खोले कसो होला ! भनेर उनीहरुको आफ्नै हिसाब किताबमा मात्र पर्यटनमा काम भईरहेको छ । त्यसमा सरकारको कुनै त्यस्तो योजना देखिन्न । अब दश वटा त्यस्ता स्थानहरुमा नीजि क्षेत्रका र विज्ञहरुलाई समेत समेटेर स्थानको छनौट गरौं ।

ती स्थानहरुमा सरकारले सडक बाटो बनाईदेओस् । सस्तोमा ऋण देओस् । १५ बर्षसम्म आयकर लाग्दैन, लगानी गर भनेर उत्प्रेरित गर्नुपर्नेछ । हामीलाई अहिले पूर्ण रोजगारी सिर्जना गराउनुपर्नेछ । रोजगारी सिर्जना भएपछि त पछि÷पछि कर लगाउने गर्दा भईहाल्छ । १५ बर्षपछि कर लगाउँदा डोकामा लगानी बोकेर हिंड्न त मिल्दैन । त्यसरी दशवटा नयाँ टुर डेस्टिनेशन तोकौं, त्यहाँ जान्छौ भने कर लाग्दैन (ट्याक्स फ्रि) हुन्छ भनौं ।

चौथो शिक्षा : हाम्रो शिक्षाले दुई पैसा कमाउने क्षमता राख्दैन

हाम्रो देश कमजोर हुनुको कारण भनेको शिक्षा हो । आज हाम्रो शिक्षाले दुई पैसा कमाउने क्षमता राख्दैन । हामीले शिक्षालाई एकेडेमिक र प्राविधिक भनेर सोही अनुरुप अगाडि बढाउनुपर्छ । केहि समय अगाडि म जापान गएको थिएँ । दुई बर्ष पोलिटेक्निक इस्टिच्युटमा तालिम नलिएसम्म तिनीहरुले कुनै किसिमको जगिरै नपाउने रहेछन् । किन भनेको त केही जानेकै छैन । प्राबिधिक पक्ष त हाम्रो शुन्य नै छ । त्यसकारण रिसर्च (अध्ययन÷अनुसन्धान) सहित शिक्षालाई पूरै प्राबिधिक बनाउने त्यो कामको घोषणा गरौं । बीस बर्ष हामी शिक्षामा यसरी लगानी गर्छाैं भन्ने स्पष्ट हुनुपर्यो । हामीले जान्नुपर्ने कुरा शिक्षामै सबैभन्दा ठूलो लगानी र यहि नै सबैभन्दा ठूलो सम्पत्ति हो । अबको समयको सम्पत्ति भनेको ज्ञान हो । र उद्यमशिलतामा जोड दिनुपर्छ ।

एउटाले बल्लतल्ल बिदेशमा दुःख गरेर पढेर आएको हुन्छ । कामको खोजीमा उ विभिन्न कार्यालय धाउँछ । तर उसलाई र उसको विज्ञतालाई सम्मान गर्ने, उसको कुरा सुन्ने र उसलाई उत्प्रेरित गर्ने कोहि भेटिन्नन् । बिदेशतिर भने ती र त्यस्ता विज्ञता हासिल गरेकाहरुलाई भेञ्चर क्यापिटल उपलब्ध गराएर उद्यमशील बनाइन्छ । जस्तो म पाँच लाख डलर दिन्छु तपाई यो सुरु गर्दै गर्नुस् बाँकी आफैं म्यानेज (व्यवस्थापन) गर्नुस् भन्ने हुन्छ । त्यसपछि युवा उद्यमीहरुको जन्म हुन्छ । अब हाम्रो देशमा कस्तो छ भने अहिलेसम्म बाबु आमाको नाममा जग्गा हुन्छ । धितो राखेर ऋण लिउँ बाबुआमाको नामले छोरा छोरीलाई दिँदैन । अनि यसले डुवाईदिने हो कि के गर्ने हो भन्ने शंका बाबुआमालाई हुन्छ । कसैले विश्वास पनि गर्दैन । २२ बर्षको केटाकेटीलाई जग्गा धितो राखेर कसैले पनि ऋण दिँदैन । ४० बर्षको भए अलि पत्याउँथ्ये होला, त्यो बेलासम्ममा उ बुढो भईसक्छ । अब त्यो केहि गर्छु भन्ने हिम्मत भएको बेलामा युवाहरुलाई प्रोत्साहित गर्ने किसिमको हाम्रो नीति नै भएन । सरकारले त यो नीति अंगिकार गर्नै सकेन, तर नीजि क्षेत्रले पनि यसो गर्न सकेको छैन ।

जबकि बिदेशतिर हेर्ने हो भने नीजि क्षेत्रले पनि दिन्छ । अनि उसलाई त्यसमा मुनाफा दिइन्छ । त्यो बौद्धिक मानिसलाई मैले लिएँ भने भोली मलाई पनि फाईदा हुन्छ भनेर सोहि किसिमका योजना बनाइन्छ । हाम्रो कर्मचारीतन्त्रलाई कम्प्युटर बेसमा ल्याउँदै ज्ञानमा आधारित कार्यहरु सिकाईनु पर्नेछ ।

एउटा उदाहरण डोको बुन्न जान्ने मानिसलाई उ ज्ञाता हो भनेर प्रमाणित गरौं । अनि डोको बुन्न सक्नेलाई डोको बनाउने विषयमा पढाउन, सिकाउन लगाऔँ । उसले केमेष्ट्रि लगायत अरु विषय पो पढाउन नसक्ने हो त, डोको बुन्ने त पढाईहल्छ नि ।

यी चार कुरालाई राज्यले पहिलो प्राथमिकता दिएर अगाडि जाउँ अनि अरु विषयमा पनि पैसा बढ्दै गएपछि विस्तारै अगाडि बढौंला ।

(पूर्व अर्थमन्त्री पाण्डेसंग अर्थतन्त्रका लागि रामेश्वर कार्की र हरिशरण न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति :२०७३ साउन २८

वि.सं.२०७३ साउन ३० आइतवार ०७:४२ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...