back
NMB ad

विकासका काममा जनताबाटै अबरोध,प्रशारण लाईन विस्तारमा अबरोध !

Kumari bank ad

बेँसीशहर। मस्र्याङ्दी करिडोरमा निर्माण हुन लागेको २२० केभी विद्युत् प्रसारण लाइनमा अवरोध गर्ने स्थानीयवासीले चेतावनी दिएका छन्। लमजुङको उदिपुरदेखि मनाङको तालसम्म निर्माण गर्न लागिएको २२० केभी विद्युत् प्रसारण लाइन प्रभावितको माग पूरा नभएसम्म विद्युत् प्रसारण लाइन निर्माण हुन नदिने गठित संघर्ष समितिले यहाँ आयोजित पत्रकार सम्मेलनमा चेतावनी दिएको हो।

यसअघि उदिपुर–भुलभुले १३२ केभी विद्युत् प्रसारण लाइनबाट प्रभावित भएकाहरूबाटै उक्त समिति गठन गरिएको थियो। एक सय ३२ केभी लाइन निर्माणका क्रममा मुआब्जालगायतका विषयमा असन्तुष्ट भई आन्दोलन गर्दै आएको समितिले सोही प्रक्रियामा २२० केभी निर्माण हुन लागेको भन्दै अवरोध गर्न लागेका हुन्। आफूहरूको पहिलाकै माग पूरा नभएकाले त्यो माग पूरा नभएसम्म काम अघि बढ्न नदिने संघर्ष समितिका सचिव चन्द्रबहादुर मिश्रले बताए।

समितिले विद्युत् प्रसारण लाइनबारे सरोकारवालाबीच सार्वजनिक सुनुवाइ र वातावरणीय प्रभाव मूल्यांकन सार्वजनिक गर्न माग गरेको छ। यसैगरी तारमुनि रहेको जग्गामा घर निर्माण गर्न नमिल्ने, बेचबिखन हुन नसक्ने र बैंकलगायत कुनै पनि वित्तीय संस्थाले धितोमा नलिने हुँदा उक्त जग्गाको सबै कित्ताको पूर्ण मुआब्जा र क्षतिपूर्ति उपलब्ध गराई लागत कट्टा गराउन माग गरेको छ।

विश्व बैंकको लगानीमा नेपाल सरकारले लमजुङको उदिपुरदेखि मनाङको तालसम्म २२० केभीको विद्युत् प्रसारण लाइन निर्माण गर्न लागेको हो। उक्त परियोजनाले आगामी १० गते मस्र्याङ्दी गाउँपालिकाको भुलभुलेमा सार्वजनिक सुनुवाइ गर्ने जनाएको छ।रासस

प्रकाशित मितिः२०७४ कार्तिक ९

वि.सं.२०७४ कात्तिक ९ बिहीवार १३:३९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...