back
NMB ad

धादिङका भूकम्पपीडितको राहत रकम सहकारीको पोल्टामा !

Kumari bank ad

धादिङ । विभिन्न संघसस्थाले भूकम्पपीडितलाई वितरण गरेको सहयोग रकम जिल्लाको नलाङ स्थित स्थानीय सहकारीले अनियमितता गरेको भेटिएको छ । भूकम्पपीडितको अनुमतिबिना उनीहरूले पाउने राहत रकम कट्टा गरी सहकारी सञ्चालकले सेयर सदस्य बनाएका छन् ।

भूकम्पबाट प्रभावित जिल्ला धादिङको नलाङ गाउँ विकास समितिमा डेनिस चर्च एडको आर्थिक सहयोगमा धनगढीस्थित जनचेतना तथा युवा जागरण मञ्च–नेपाल (फाया) ले निम्न आय भएका र अति विपन्न दुई सय २६ भूकम्पपीडित घरधुरीलाई आयआर्जनमूलक काम गर्न १५ हजारका दरले रकम वितरण गर्ने बताएको थियो ।

साढे सात हजारका दरले दुई पटक दिने भनिएको रकममा ७५ सय बुझेको भरपाइ गराई पीडितलाई सात हजार मात्रै दिएको स्थानीयले बताए । नलाङकी बाटुली विश्वकर्माले भनिन्, ‘हाम्रो कुनै पनि आयस्रोत छैन, हामीसँग मासिक बचत गर्न सक्ने हैसियत पनि छैन । तर पनि हाम्रो इच्छा नहुँदा नहुँदै हामीलाई सहकारीको सेयर सदस्य बनेबापत भनेर सात हजार पाँच सयबाट पाँच सय रुपैयाँ काटेर रसिद दिइयो ।’

सरकारले दिएको भूकम्पपीडित कार्डमा सात हजार पाँच सय नै उल्लेख गरी सात हजार नगद र पाँच सयको सहकारीको सेयर सदस्य बनेबापतको रसिद दिइएको हो । दुई सयजना भूकम्पपीडितबाट साना किसान कृषि सहकारीले राहत रकमबाटै सेयर सदस्य बनाएको छ । दुई किस्तामा पाउने १५ हजारबाट पहिलो किस्तामा पाँच सय तिरेका उनीहरूले सेयर सदस्य हुन दोस्रो किस्तामा पनि पाँच सय तिर्नु पर्ने सहकारीले जनाएको छ ।

नलाङ गाउँ विकास समितिमा राहत उद्धार र पुनस्र्थापनको काम गरिरहेको फाया नेपालले भने आफ्नो सहयोग सहकारीमार्फत नै वितरण गर्ने गरी सम्झौता गरिएको बताएको छ । फाया नेपाल धादिङका टिम लिडर सच्चितानन्द जोशीले भने, ‘दीर्घकालीन रूपमा आयआर्जनका काम गर्न सजिलो हुने भनेको सहकारी नै हो, हामीले सहकारीमा बचत गर्छौं त्यहीबाट काम गर्छौं भन्ने सम्झौता गरेरै हामीले काम गरेका पाँचवटा गाउँ विकास समितिमा रकम वितरण गरेका छौं । नलाङको हकमा सहकारीको प्राविधिक गल्तीले गर्दा केही समस्या उत्पन्न भएको हो ।’

आफूले राहतमा पाएको रकम कट्टा भएर सहकारीको सेयर सदस्य बनेको कतिपय भूकम्पपीडितलाई थाहा नै छैन । ‘सहकारीको सदस्य बन्ने कि नबन्ने भनेर पनि कसैलाई सोधिएन, कार्डमा सात हजार पाँच सय लेखियो, हामीलाई ७ हजार मात्रै दिइयोु, नलाङकै स्थानीय मगंलीमाया विश्वकर्माले भनिन्, ‘अब नियमित बचत गर्ने र ऋण निकाल्नेलाई त सदस्य बने पनि फाइदा नै होला, बिहान खाए बेलुका के खाउँ भन्ने हामी जस्ताले सहकारीको सेयर सदस्य बनेर के फाइदा हुन्छ र ?’

राहत रकम लिन सहकारीको सेयर सदस्य बनाइएको भन्ने जानकारीमा आएकाले छानबिन भइरहेको जिल्ला देवीप्रकोप उद्धार समितिले जनाएको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैवीप्रकोप उद्धार समिति धादिङका संयोजक विश्व प्रकाश सुवेदीले भने, ‘हामीले यो विषयमा छानबिन, अनुसन्धान र छलफल गरिरहेका छौं ।’

प्रकाशित : अन्नपूर्ण पोष्ट, २३ चैत २०७२, ११.३०

वि.सं.२०७२ चैत २३ मंगलवार १३:५९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...