back
NMB ad

धादिङका ६४ कृषक पुरस्कृत

Kumari bank ad

धादिङ। जिल्ला कृषि विकास कार्यालयले १६ बाली÷वस्तु तथा विधाका ६४ कृषकलाई पुरस्कृत गरेको छ । धादिङ महोत्सवका अवसरमा आयोजित कृषि मेलामा सहभागी कृषकमध्ये मूल्याङ्कनका आधारमा तिनलाई पुरस्कृत गरिएको हो ।

सोअनुसार आलु बाली समूहमा सावित्री सुनुवार, खाद्यान्न बाली समूहमा टीका त्रिपाठी, दलहन÷तेलहन बाली समूहमा निर्मला समूह, नगदेबाली समूहमा सेम्जोङ साना किसान कृषि सहकारी, केरा बाली समूहमा सीता अधिकारी, सुन्तला बाली समूहमा गोकुल घले र अन्य फलफूल समूहमा नारायण खाँणले प्रथम पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी साग तथा कोसेबाली समूहमा तोयाकुमारी खाँण, जरेबाली समूहमा मेनकुमारी रुवाली, फल तरकारी समूहमा धनबहादुर पाठक, काउली बन्दा समूहमा कोमलप्रसाद बिंडारी, माछा समूहमा चन्द्रबहादुर तामाङ, गानो बाली समूहमा कुम्भराज उप्रेती, मसला बाली समूहमा प्रकाश भण्डारी, लहरेबाली समूहमा मेनका आचार्य र विविध समूहमा नारायण घिमिरेले प्रथम पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु एक हजार पाँच सय, रु एक हजार, आठ सय र रु छ सय सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मितिः २०७३ पुस १६

वि.सं.२०७३ पुस १६ शनिवार १४:२१ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...