धादिङ । धादिङबेशीबाट खाल्टे गाबिसको फ्याक्से जाँदै गरेको बा २ ख ८२६२ नम्बरको बस आज साँझ धादिङको खाल्टे ५ पतेनीमा दुर्घटना भई सडकबाट २०० मिटर तल खस्दा बसमा रहेका १९ जना घाईते भएका छन् । घाईते मध्ये तिन जनाको अवस्था गम्भिर रहेको छ ।
गम्भिर घाईते हुनेहरुमा चितवन घर भएका पन्चकन्या मावि फ्याक्सेका शिक्षक माधव अधिकारी,खाल्टे पिमलखोलाका सन्तोष जम्कटेल र भरत ढुंगाना रहेका छन । घाईते सबैको उपचारका लागि ५ ओटा एम्बुलेन्सबाट धादिङबेशी र काठमाडौ पठाईएको छ । घाईतेमध्ये १५ जनाको धादिङबेशीमै उपचार भईरहेको छ ।
धादिङ प्रहरीका अनुसार दुर्घटनास्थल धादिङ सदरमुकामबाट १५ किलोमिटर पूर्वतर्फ पर्दछ ।
फाईल फोटो
प्रकाशित मितिः २०७३ माघ ३
वि.सं.२०७३ माघ ३ सोमवार २१:०६ मा प्रकाशित