back
NMB ad

धादिङको लपाङमा बस पल्टिदाँ १८ जनाको मृत्यु, १५ घाइतेको उद्धार

Kumari bank ad

धादिङ । उत्तरी धादिङको मार्पाक गाविस स्थित लपाङफेदीमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

जिल्ला सदरमुकाम धादिङबेसीबाट विकट गाउँ किन्ताङफेदी जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको बंकर बस लपाङफेदीको जिरोकिलो भन्ने ठाउँको भीरबाट खसेको हो । स्थानीय उद्धारकर्ताहरुका अनुसार ८ जना घाइतेको उद्धार गरिएको छ ।

अझै केहि मानिसहरु दुर्घटनाग्रस्त बसभित्रै च्यापिएको अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताएका छन् । घाईते ६ जनालाई हेलिकप्टरबाट उद्धार गरि अस्पतालतर्फ पठाईएको स्थानीय गीता थापामगरले जानकारी दिईन् ।

सदरमुकाम धादिङबेसीबाट ३१ जनाको यात्रुको चलानी लिएर गाउँ हिँडेको बसमा छतमा समेत टनाटन यात्रु हालेको हुनाले करिब ५० जनाले यात्रा गरेको हुनसक्ने स्थानीय गीता थापा मगरले जानकारी दिईन् ।

बस सडकबाट करिब ३ सय मिटर तल आखुँ खोलामा खसेको छ । बसको छत र सीटमा टनाटन यात्रु देखेको प्रत्यक्षदर्शी दुर्गा बहादुर कुमालले जानकारी दिए । पहिरोले थुनिएको बाटोलाई स्थानीयहरुले पन्छाएर बस पार गराउने क्रममा चिप्लिएर दुर्घटना भएको हो ।

घटनास्थलमा स्थानीयबासी, प्रहरी र पछिल्लो बसमा गएका यात्रुहरुले उद्धार गरिरहेका छन् । घटनास्थल सदरमुकाम धादिङबेसीदेखि ३२ किलोमिटर टाढा छ ।

 

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति ः २०७३ असोज ११

 

प्रकाशित मितिः २०७३ असोज ११

वि.सं.२०७३ असोज ११ मंगलवार १२:४५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...