back
NMB ad

धरहराबाटै पुनर्निर्माण संकल्प : प्रधानमन्त्रीको एक महिनाको तलवबाट आर्थिक संकलन सुरु

Kumari bank ad

काठमाडौं । ऐतिहासिक धरहरा पुनर्निर्माण कार्य सबै नेपाली जनताबाटै आर्थिक संकलन गरेर पुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।

आज धरहरामा आयोजित ऐतिहासिक धरोहर पुनर्निर्माण राष्ट्रिय संकल्पमा प्रधानमन्त्री ओलीले आफ्नो एक महिनाको तलवले खाता खोलेर आर्थिक संकलन अभियान चलाउने बताए । उनले भने हामी हाम्रो ऐतिहासिक धरोहर आफैं निर्माण गर्नु पर्छ । धरहरा म बनाउँछु भन्ने संकल्प गर्दै उक्त कार्यमा सबै नेपाली दाजुभाई दिदी बहिनी सहभागी हुन आग्रह गरे । धरहरा पुनर्निर्माणको लागि छुट्टै खाता खोलेर आर्थिक संकलन गर्ने प्रधानमन्त्रीले बताए ।

Dharahara punarnirman rastriya sankalpa 2

प्रधानमन्त्री ओलीले पहिलेको भन्दा अग्लो, अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गरेर निर्माण गरिने बताए । अव बन्ने धरहरामा भूकम्पमा परि दिवंगत भएका सबै मानिसको नाम लेखेर एतिहासिक स्कारकको स्वरुप दिने पनि जानकारी गराए ।

अन्य संरचनाहरु पुनर्निर्माणका लागि विभिन्न संघसंस्था र वैदेशिक सहायता लिने तर अदालत जस्ता संवेदनशिल भवनहरु र धरहरा निर्माणको काम नेपाली जनता र नेपाल सरकारबाटै गरिने प्रष्ट पारे ।

कार्यक्रममा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उप्रधानमन्त्रीहरु विजय गच्चदार, भीम रावल, कमल थापा, टोपबहादुर रायमाझी, सिपी मैनाली लगायत मन्त्रीहरु र उच्च पदस्थ कर्मचारीहरुको उपस्थितिति थियो ।

Dharahara punarnirman rastriya sankalpa 5

४ फागुन २०७२ / ५ :१२

वि.सं.२०७२ फागुन ४ मंगलवार १७:१८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...