Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ ११ , २०७३  |  
Wednesday, January 25, 2017

को हुन् उनी, जसले आफ्नो छोरालाई लगातार नवौं पटक भारतकै धनी बनाए !

December 3, 2016

Dhirubhai-Ambani story

 

भारतीय उद्योगपति मुकेश अम्बानी लगातार नवौंपटक सर्वाधिक धनी भारतीय रहेको एक प्रतिवेदनले देखाएको छ । अमेरिकी आर्थिक पत्रिका फोब्र्सले सार्वजनिक गरेको भारतीय धनाढ्यहरूको वार्षिक सूचीअनुसार २२ अर्ब ७० करोड डलर नेटवर्थसहित अम्बानी सूचीको शीर्ष स्थानमा छन् । गतवर्ष भने अम्बानीको नेटवर्थ १८ अर्ब ९० करोड डलर थियो । अम्बानीको स्वामित्वमा रहेको रिलायन्स इण्डष्ट्रीको शेयर मूल्यमा भएको २१ प्रतिशत वृद्धिले उनको नेटवर्थ बढाएको फोर्ब्सको भनाइ छ । विश्वकै धनी व्यक्तिको सूचीमा भने उनी ३६औं स्थानमा छन् ।

आज हामीले तपाई माझ प्रस्तुत गर्न लागेको सफलताको कथा हो धीरजलाल हीरालाल अंबानी अर्थात् धीरुभाई अंबानीको । जसको जन्म २८ डिसेम्बर १९३२ मा गुजरातको जूनागढ़ जिल्लाको चोरवाड़ गाउँको एक सामान्य परिवारमा भएको थियो ।

धीरूभाई अम्बानी भारतका प्रसिद्ध व्यवसायी थिए जसले रिलायंस इंडस्ट्रीजको स्थापनाग रे । उनको कहानी एक सानो व्यापारीबाट अत्यन्त ठूलो व्यवसायिक टाइकून बन्नेसम्मको छ । उनको यो अभूतपूर्व विकास कसरी भयो त ? आउनुहोस् जानौं, जो एक सामान्य परिवारमा गरिब भएर जन्मिए तर जसले आफ्नो छोरालाई भारतकै सबैभन्दा धनीका रुपमा टिकीरहने आधार तयार गरेर गए ।

उनको पिताको नाम हिराचंद गोर्धनभाई अंबानी र आमाको नाम जमनाबेन थियो । उनका पिता शिक्षक थिए । आमा बुवाका पाँच सन्तान मध्ये धीरूभाई माइला छोरा थिए । उनका रमणिकभाइ र नटुभाइ नामक दुई दाजुभाइ थिए भने  त्रिलोचनवेन र जसुवेन नामका दुई दिदी बहिनी थिए । उनका पिताको आम्दानी अत्यन्त न्यून थियो । यही कारणले नै उनले आफ्नो पढाई बीचमै छाड्नुप¥यो ।

सामान्य गुजराती परिवारमा जन्मिएका उनले आफ्नो परिवारलाई आर्थिक रुपमा मद्दत गर्नका लागि आफ्नो गाउँको बीच बजारमा पकौडा बनाएर बेच्ने काम गरेका थिए । जुन विशेष गरी गाउँमा घुम्न आउने मान्छेहरुलाई लक्षित गरी खोलिएको थियो । तर यसले परिवारको आर्थिक बोझलाई थाम्न सकेन ।

जब उनी १६ वर्षका थिए तब उनका पिताले उनलाई आफू केही महिनादेखि अत्यन्त बिरामी रहेको र अब उनलाई पढाउन नसक्ने बताए । घर चलाउनका लागि धिरुभाइले काम गर्नुपर्ने र त्यही पैसाले घर चल्ने उनका पिताले बताएपछि उनी केही बोल्न सकेनन् र आप्mनो दाजु रमणिकभाइसँग मिलेर उनी यमनको शहर यडनतिर धन कमाउनका लागि हिँडे ।

त्यहाा उनले ए। बेस्सी र कंपनी भन्नेमा काम पाए र प्रति महिना रु तीन सयको तलबमा काम गर्न थाले । त्यतिबेला एडन छिर्नका लागि भिसा चाहिँदैनथियो र कुनै पनि बेला भिसा आवश्यक पर्ने नियम आउन सक्ने हल्ला चलेको थियो । यसका साथै एडन बेलायतपछि पानी जहाजबाट सामान ओसार पसार गर्नेमा सबैभन्दा ठूलो देश थियो । जहाँ वर्षमा ६ हजार ३ सय पानी जहाज र १५ सय डुंगा आवतजावत गर्ने गर्दथे ।

यसरी एडन पुगेका धिरुभाइले त्यहाँ त्यो कम्पनीमा करिब २ वर्ष काम गरे । उनको कम्पनीले कार्गोको ओसार पसार गर्ने काम गथ्र्यो । विभिन्न देशका ठूला ठूला कम्पनीहरुलाई चिनीदेखि मसला देखि खाने तेल र पेट्रोलसम्म ओसार पसार गर्ने काम उक्त कम्पनीको थियो । पहिले उनी साना साना सामानहरु हेर्ने काम गर्थे पछि उनी पेट्रोलियम सेक्सनमा पुगे ।

उनले त्यहाँ नै व्यापार कसरी गरिन्छ भन्ने सिक्ने मौका पाए । खाजा खाने समयमा उनी चारैतिर पुग्ने गर्थे । जहाँ विभिन्न देशका मानिसहरु आफ्ना सामानहरुको खरिद बिक्री गर्नका लागि जम्मा भएका हुन्थे । त्यतिबेला उनले युरोप, अफ्रिका, भारत, चीन र जापानका व्यापारीहरुलाई भेट्ने मौका पाए । समुद्रको बाटो हुँदै संसारभरबाट आएका सामान त्यहाँ आएर खोलिन्थ्यो र ती सामानहरु यडन बजारभरी पुग्थे ।

धिरुभाइ पनि त्यसरी नै व्यापार गर्न आकर्षित भए तर उनीसँग त्यसरी व्यापारको सुरुवात गर्नका लागि पैसा थिएन । व्यापारको ट्रिक सिक्नका लागि उनले गुजरात टे«डिङ फर्ममा सित्तैमा काम गर्न थाले । उनले त्यहाँ हिसाबकिताब राख्ने, सामान ओसार पसार गर्ने कागजपत्र बनाउने, बैंक तथा इन्सुरेन्स कम्पनीहरुसँग कसरी काम गर्ने भन्ने सिके । त्यति मात्र नभएर उनले व्यापारिक चिठी पत्र लेख्न र कानूनी कागजपत्र बनाउन पनि सिके । त्यस्ता कामहरु उनले सिक्दै गए जुन उनलाई पछि आफ्नै व्यवसाय खोल्दा सजिलो होस्, कसैको सहायता लिन नपरोस् ।

एडनमा भएका भारतीयहरु बेलायततिर छिरिरहेका बेला उनी सन् १९५८ मा भारत फर्किए र बम्बईमा आफ्नो भाग्य जमाउनका लागि ठाउँहरु खोज्न थाले । त्यसपछि उनले सानो कार्यालय खोले । यसबाट उनले रिलाइन्स कर्पोरेशनको स्थापना गरे र पोलिस्टर धागोको साथै मसला, चिनी, सुपारी जस्ता सामानहरुको निर्यात गर्न थाले । पैसा कम भएकाले उनी सानो मात्रामा राम्रो गुणस्तरको सामान पठाउने गर्थे । यसले उनलाई सफलता दिँदै गयो । र बिस्तारै उनले आफ्नो क्षेत्रको विस्तार गर्दै गए ।

सन् १९६६ मा उनले एक कपडा मिलको स्थापना गरे । यहीबाट बिमल नामको कपडाको जन्म भएको थियो । जुन धिरुभाइको दाजु रमणिकभाइको छोराको नाममा राखिएको थियो । विमलको प्रचारप्रसारले रिलायन्स टेक्सटायललाई सबै माझ परिचित गरिदियो । सन् १९७७ सम्म आउँदा उनको सफलता व्यापक भइसकेको थियो । जब रिलायन्सले पहिलो आइपिओ जारी ग¥यो त्यतिबेला ५८ हजार सेयर लगानीकर्ताहरुले यसमा लगानी गरेका थिए ।

उनले त्यतिबेलासम्म रिलायन्सलाई विभिन्न क्षेत्रमा विस्तार गरिसकेका थिए । मुख्य गरेर पेट्रोलियम पदार्थ, ऊर्जा, बिजुली, रिटेल, पुँजी बजार आदिमा उनले आफ्नो लगानीलाई मजबुत बनाएका थिए । उनले स्थापना गरेको रिलायन्स कम्पनी पहिलो भारतीय कम्पनी हो जो फोब्सको ५ सय कम्पनीको लिष्टमा पर्न सफल भएको थियो ।

२४ जुन २००२ मा उनको निधन भएको थियो । उनले छाडेर गएको विरासतलाई उनका दुई छोरा मुकेश अम्बानी र अनिल अम्बानीले धानिरहेका छन् । मुकेश अम्बानी भारतका सर्वाधिक धनीमा लगातार ९ पटक पर्न सफल भएका छन् । अनिल अम्बानी भने भारतका ३२औं धनीमा पर्छन् । एजेन्सीको सहयोगमा 

इरादा पहाडी 

१७  मंसिर २०७३, ८:३६

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु