back
NMB ad

ढोरपाटन सिकार आरक्षमा सिकारयाम सुर, एघार नाउर र पाँच झारलको सिकार अनुमति

Kumari bank ad

बागलुङ, २९ असोज । ढोरपाटन सिकार आरक्षमा यो वर्षको पहिलो सिकारयाम सुरु भएको छ । विदेशी सिकारीहरु नाउर तथा झारलको सिकार गर्न आरक्ष पुगेका छन् । असोजदेखि मङ्सिरसम्म चल्ने पहिलो सिकारयामका लागि ११ नाउर र पाँच झारलको सिकार अनुमति दिइएको आरक्ष कार्यालयले जनाएको छ ।

विभिन्न देशका तालिमप्राप्त सिकारी आरक्ष क्षेत्रका विभिन्न (ब्लग) मा पुगेर सिकार खेल्ने गरेका छन् । हिमालयन सफारी प्रालिले पठाएका सिकारीहरु आरक्षमा सिकार खेलिरहेको कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । पहिलो सिकारयाममा चार वटा सिकार एजेन्सीले सिकारीहरु आरक्षमा पठाउनेछन् ।

अमेरिका, जर्मनी, स्पेन, नर्वे, क्यानडा, दक्षिण अमेरिकालगायतका मुलुकबाट सिकारी ढोरपाटन पुग्ने गर्छन् ।

आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ‘ब्लग’ गरी छ ब्लगमा सिकार खेल्ने गरिएको छ । सुनदह ‘ब्लग’मा भने धेरै कम मात्रामा सिकारी पुग्ने गरेका छन् । अत्यन्तै विकट क्षेत्रमा रहेको र बढी खर्चिलो हुने हुँदा सिकारीको कम रोजाइँमा सुनदह ‘ब्लग’ पर्ने गरेको छ । विद्युतीय बोलपत्र आह्वान गरेर प्रतिस्पर्धाबाट सिकार एजेन्सीले अनुमति पाउने गरेका छन् ।

यो याममा नाउर र झारल सिकारको रु एक लाख २५ हजारदेखि दुई लाख ५० हजारसम्म कायम गरिएको छ । “सिकारको दर बर्सेनि घटबढ भइरहने हुन्छ, बढी प्रतिस्पर्धा हुँदा दर पनि बढ्छ” अधिकृत बरालले भने । उनका अनुसार सिकारबाट आरक्ष कार्यालयले बर्सेनि करिब रु एक करोड राजस्व उठाउने गरेको छ ।

साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइँमा पर्ने गरेको छ । लाखौँ रुपैयाँ खर्चमा हेलिकोप्टर लिएर सिकारीहरु आरक्ष क्षेत्रमा पुग्छन् । आरक्ष वर्षको दुई याममा सिकारको लागि खुल्ला हुने गर्छ । असोजदेखि मङ्सिरसम्म पहिलो याम र फागुनदेखि वैसाखसम्म दोस्रो सिकार याम चल्ने गर्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वर्षमा २६ नाउर र १४ भारलको सिकार अनुमति दिने गरेको छ । सो सङ्ख्याका नाउर र झारललाई दुई याममा गरी बाँडेर सिकार खेल्न दिने गरिएको छ । सिकार एजेन्सीबीच हुने प्रतिस्पर्धाका आधारमा सिकारको कोटा र राजस्वको दर कायम हुने गरेको विभागले जनाएको छ ।

वि.सं.२०७३ असोज २९ शनिवार १२:०९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...