back
NMB ad

औषधी र खाद्यान्न लिएर तराई झरे धुर्मुस,महसंचारको १ लाख सहयोग

Kumari bank ad

काठमाडौ । केही दिनदेखीको लगातार वर्षाका कारण तराईका केही जिल्लाहरुमा क्षति हुने क्रम बढेको छ । बर्षासंगै आएको बाढी र जमेको पानीका कारण तराईमा मानवीयसहित भौतिक क्षति बढेको हो । बाढीका कारण घर बस्ती डुबानमा पर्दा कतिपय स्थानका स्थानीयबासी विस्थापित समेत बन्न पुगेका छन् । त्यस्तै लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने क्रम बढेको छ ।

बाढी पीडितलाई सहयोग गर्न अहिले चलचित्रकर्मीहरु पनि अग्रसर भएका छन् । यस्तैमा हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) राहत साम्रागी लिएर तराई झरेका छन् । मेडिकल टिम, समाजसेवी, होटल व्यवसायहरुसँग समवन्य र सहकार्य गर्दै साथै स्थानीय प्रशासनमार्फत बाढी प्रभावित ठाउँहरुको जानकारी लिँदै कहाँ तत्काल राहत पुर्‍याउन आवश्यक छ भन्ने विषयमा पनि छलफल भैरहेको धुर्मुसले बताए । अहिले जहाँ खाद्य संकट छ त्यहाँ तत्काल खाद्यान्न पठाउने तयारी हुँदैछ । खाद्यन्यसँगै लत्ताकपडा, औषधीको पनि हामीले व्यवस्था गरिरहेका छौं । उनले राहत लिएर महोत्तरी, रौतहट, सिराहा, सप्तरी, इटहरी, मोरङ, झापा, विर्तामोड लगायतका बाढी प्रभावित ठाउँमा पुग्ने पनि बताए ।

यसैगरी मह संचारको तर्फबाट हाँस्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नगद १ लाख सहयोगको घोषणा गरेका छन् । यस्तै, उनीहरुले विभिन्न संघसंस्थासँग सहयोगको लागि कुराकानी भैरहेको पनि जानकारी फेसबुकमार्फत दिएका छन् ।फाईल फोटो

प्रकाशित मितिः २०७४ साउन २९

वि.सं.२०७४ साउन २९ आइतवार १६:४७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...