back
NMB ad

बाढी पहिरो पीडितका लागि ७५ करोड, उद्धारका लागि १०० डायल गर्नुस् !

Kumari bank ad

काठमाण्डौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण धनजनको ठूलो क्षति भएपछि गृह मन्त्रालय अन्तर्गतको दैवी प्रकोप उद्धार समितिको बैठकले आपतकालीन उद्धार र राहतका लागि प्रधानमन्त्री राहत कोषबाट ७५ करोड रुपैयाँ माग गरेको छ ।

आज बुधबार बिहान बसेको बैठकले बाढी तथा पहिरोबाट विस्थापित भएकाहरुलाई तत्काल सामुहिक आवास भए त्यसमा र नभए त्रिपालहरुमा सार्ने निर्णय गरेको छ । यसका साथै, बैठकले बाढी प्रभावित क्षेत्रमा झाडापखाला, हैजा जस्ता महामारी फैलन सक्ने भन्दै सतर्कता अपनाउने निर्णय गरेको छ ।  यसका लागि स्वच्छ पानीका साथै आवश्यकताअनुसार खाद्यान्न, दाल, जुन सम्भव भए सडकमार्गबाट र आवश्यक परे हेलिकोप्टरबाट पनि पठाउन निर्देशन दिइएको छ ।

बैठकले बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत नपुगेको भए स्थानीय प्रहरीलाई खबर गर्न भनेको छ । यसका लागि नेपाल प्रहरीको हटलाइन १०० मा खबर गर्न गृह मन्त्रालयले अपील गरेको छ ।

१२ साउन २०७३, १२।००

वि.सं.२०७३ साउन १२ बुधवार १३:१३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...