back
NMB ad

दैनिक उपभोग्य वस्तुमा असोज १ देखि भारी छुट

Kumari bank ad

काठमाडौ । सरकारले आसन्न दशै तिहार छठ पर्वहरुलाई लक्षित गरी सुपथ मूल्यमा उपभोग्य सामाग्री उपलब्ध गराउने उदेश्यले असोज १ देखि सहुलियत पसल संचालन गर्ने भएको छ । दलहन, चामल, घ्यू, तेल, नुन, चिनी, पनीर, खसी, बोका, चाङग्रा, खाना पकाउने ग्याँसमा सहुलियत दरको सुपथ मूल्य पसल संचालन गर्न लागिएको आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीद्धारा जारी विज्ञप्ती अनुसारः–
– नेपाल खाद्य संस्थानले आफ्ना बिक्री स्थलहरुबाट १५ थरीका चामल, फपर र सिमीमा प्रतिकेजी ५ रुपैंया छुट दिई बिक्री गर्ने छ ।
– साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले चिनीमा प्रतिकेजी ५ र नूनमा प्रतिकेजी २ रुपैंया छुट दिई बिक्री गर्नेछ ।
– उपत्यका बाहिरबाट २ हजार देखि २५ सय खसीबोका र च्याङग्रा ल्याई काठमाडौ उपत्यकामा सहुलियत दरमा बिक्री गर्ने लक्ष्य लिईएको छ ।
– नेपाल आयल निगम लिमिटेडले खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिण्डर ५० रुपैंया छुट दिई बिक्री वितरण गर्ने मट्टितेलमा पनि मूल्य घटाउनेछ ।
– दुग्ध विकास संस्थानले घ्यूमा प्रति केजी १० रुपैंया छुट दिने र पनीरको हकमा संस्थानको संचालक समितिको निर्णय गराई छुट दिने बताईएको छ ।

आपूर्ति मन्त्री दिपक बोहरा सहित मन्त्रालयमा भएको किराना व्यवसायीहरुको सुझाव अनुसार उपत्यकाका करिब ५ सय वटा खुद्रा पसलहरुबाट तोकिएको छुट सहित सुपथ मूल्य पसल संचालन गर्ने सम्बन्धमा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ताको आनन्दराम रेग्मीको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि सदस्य रहेको एक समिति गठन गर्ने निर्णय भएको छ ।

डिपार्टमेन्टल स्टोरका संचालकहरुसँग छुट्टै बैठक गरी सहुलियत दरमा उपभोग्य सामाग्री बिक्री वितरण गर्न अनुरोध गर्ने विज्ञप्तीमा उल्लेख छ ।

सुपथ मूल्यको पसल २०७३ असोज १ देखि कार्तिक २१ गतेसम्म सञ्चालनमा ल्याईनेछ ।

प्रकाशित मिति : २०७३ भदौ १२

वि.सं.२०७३ भदौ १२ आइतवार २०:१३ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...