back
NMB ad

डिजेल,पेट्रोल र ग्यास सबैको मूल्य बढ्यो,कति पुग्यो ?

Kumari bank ad

काठमाडौ । नेपाल आयल निगम (एनओसीले) ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले गएराती १२ बजेबाट लागु हुने गरी खाना पकाउने एलपि ग्यास, पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य एकै पटक बढाएको हो ।

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेलमा र मट्टीतेल १.५० रुपैयाँ तथा खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय रुपैयाँ भएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ७५.५० रुपैयाँमा पुगेको छ । २५ रुपैयाँ बढेर खाना पकाउने ग्यासको मूल्य १३ सय ५० रुपैयाँमा पुगेको छ ।

निगमका अनुसार भारतीय आयल कर्पोरेशन (आइओसी) ले निगमले खरिद गर्ने पेट्रोलियमको मूल्य बढाएकाले स्थानीय बजारमा पनि मुल्य समायोजन गरिएको हो ।

अन्तराष्ट्रिय बजारमा कच्च तेलको मुल्य बढेकाले आइओसीले पनि निगमलाई बढाएर पेट्रोलियम पठाएको हो । अहिलेको मूल्य समायोजनले निगमलाई भने पाक्षिकरूपमा १ करोड ९७ लाख रुपैयाँ नाफा हुनेछ ।

वि.सं.२०७४ कात्तिक १६ बिहीवार ०८:३० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...