back
NMB ad

डिशहोमको “रमाईलो टिभि” र “एक्सन स्पोर्टस्” च्यानलहरुको शुभारम्भ

Kumari bank ad

काठमाडौँ । डिशहोमले आफ्ना ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण गर्ने क्रममा आफ्नै नयाँ च्यानलहरुको प्रशारण सुरु गरेको छ । २०७४ असोज ४ गते दरबार मार्ग स्थित होटल अन्नपूर्णमा आयोजित रमाईलो नाइट नाम दिइएको च्यानल शुभारम्भ समारोह सम्पन्न भएको छ ।

समाराोहमा सम्माननिय सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा डिशहोमले “रमाईलो टिभि” र “एक्सन स्पोर्टस्” च्यानलको प्रशारण सुरु गरेको हो । डिशहोमको च्यानल नं १०४ मा प्रशारण हुने रमाईलो टिभिमा नयाँ नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी टेलि श्रृंखला, धार्मिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण हुनेछन् ।

यसैगरी डिशहोमको च्यानल नं १०५ मा प्रशारण हुने नेपालकै पहिलो स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्समा नेपालभर हुने फुटबल, क्रिकेट लगायतका विभिन्न खेलहरुको प्रत्यक्ष प्रशारण, विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलहरु तथा खेलकुद सम्बन्धि विभिन्न कार्यक्रमहरु प्रशारण हुनेछ । पूर्णरुपमा खेलकुद प्रति समर्पित यस च्यानलमार्फत देशको कुनै पनि कुनामा संचालन हुने खेल प्रतियोगिताहरु देशभर छरिएर रहेका खेलप्रेमीहरुले प्रत्यक्ष रुपमा हेर्न पाउने हुँदा यसबाट समग्र नेपाली खेलकुदकै विकासमा महत्वपूर्ण योगदान पुग्ने डिशहोमको विश्वास रहेको छ ।

डिशहोमका यी नयाँ च्यानलहरु हेर्नको लागि डिशहोमका ग्राहकहरुले आफ्नो रोजाई अनुसारको प्लस प्याकेज लिनुपर्ने हुन्छ । बेसिक, मिडियम, डिलक्स र सुपर एच.डी. प्याकेज हेरिरहनु भएका ग्राहकहरुले न्युन रकम थप गरेर बेसिक प्लस, मिडियम प्लस, डिलक्स प्लस वा सुपर एच.डी. प्लस प्याकेज लिन सक्नुहुनेछ । प्लस प्याकेजमा रमाईलो टिभि र एक्सन स्पोर्ट्स च्यानलका अलावा ग्राहकहरुले नेपाली चलचित्रहरु प्रशारण हुने प्लस मुभि, सांगितिक च्यानलहरु, कार्टुन च्यानल तथा अन्य डिशहोमका च्यानलहरु पनि हेर्न पाउनेछन् ।
डिशहोमले यी नयाँ च्यानलहरु संगै नेपाली चलचित्रहरु रिलिज भएकै दिनमा घरमै बसेर हेर्न मिल्ने “डिशहोम सिनेमाघर” नाम गरेको सेवा पनि सुरु गरेको छ । यस सेवा अन्तर्गत डिशहोमले धुम–२ र लिला चलचित्र रिलिज भएकै दिन सफलतापुर्वक प्रशारण गरिसकेको छ । डिशहोमको यस सेवा मार्फत नेपाली चलचित्र क्षेत्रले एउटा नयाँ मञ्च पाएको र यसबाट आफुहरु निकै उत्साहित भएको विभिन्न नेपाली चलचित्रकर्मीहरुले बताएका छन् । ग्राहकहरुले चलचित्र प्रशारण हुने दिनमा एस.एम.एस पठाएर वा डिशहोम ग्राहक सेवामा फोन गरेर यो सेवा लिन सक्नुहुनेछ । डिशहोमले आफ्नै नयाँ च्यानलहरु निरन्तर थप्दै जाने र कम्तीमा १५ देखि २० वटा सम्म आफ्नै च्यानलहरु बनाउने लक्ष्य राखेको छ ।

स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डि.टि.एच. सेवा प्रदायक डिशहोमले नेपालमा रहेका ग्राहकहरुमाझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । शहर बजारदेखि ग्रामिण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एच.डी. तथा एस.डी. प्याकेजहरु प्रदान गर्ने यो कम्पनी नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको हुनाले जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ । डिशहोमको सेवा सिधै स्याटेलाइटमा आवद्ध हुने प्रविधि भएको हुँदा यसको ध्वनी र दृश्य दुबै गुणस्तरीय हुन्छन् । डिशहोमले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारलाई खुसीमय बनाउनको लागि उपभोक्ताहरु माझ “खुसी अन गरौं” नामक योजना पनि ल्याएको छ । यस योजना अन्र्तगत ग्राहकहरुले रु. ५९९९ पर्ने डिशहोमको हाईब्रिड एच.डी. कनेक्सन खरिद गर्दा रु. ३००० छुट प्राप्त गरी रु. २९९९ मै जोड्न सक्नुहुनेछ ।

प्रकाशित मितिः २०७४ असोज ४

वि.सं.२०७४ असोज ४ बुधवार २०:०९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...