back
NMB ad

जलविद्युत कम्पनीले १० प्रतिशत लाभांश दिने !

Kumari bank ad

काठमाडौ । स्थापनादेखि हरेक वर्ष ५ प्रतिशत लाभांश बाँड्दै आएको जलविद्युत लगानी तथा विकास कम्पनीले यसलाई १० प्रतिशत पुर्याउने भएको छ । लगानीको दायरा फराकिलो बनाउँदै सोही अनुरूप लाभांश दिने योजना अघि सारेको हो ।

चालु आर्थिक वर्षमा नसके पनि आगामी आवदेखि लगानीकर्तालाई तोकिएको नाफा बाँडिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए । ‘सोचेअनुसार लगानी विस्तार हुन सकेको छैन,’ उनले भने, ‘यही वर्ष नसके पनि आगामी आवमा लाभांश बढाउँछौं ।

सरकारले ७ वर्षभित्र १७ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेको छ । सन् २०२५ सम्म १९ हजार मेगावाट खपत गर्न हुने अनुमान छ । यसैलाई लक्षित गरी कम्पनीले ५ वर्षे योजना बनाएको छ । यो योजनाअनुसार काम गर्दा १० प्रतिशत लाभांश दिन समस्या नहुने पोखरेलको भनाइ छ ।
कम्पनीका अनुसार आगामी ५ वर्षभित्र अहिले लगानी भइरहेका बाहेक ३ हजार ५ सय मेगावाटका १८ आयोजनामा लगानी हुनेछ । यसो हुँदा हरेक वर्ष आम्दानीको दायरा फराकिलो हुँदै जानेछ । बैंक ब्याजबाट प्राप्त रकमले पनि सयरधनीलाई लाभांश दिन सकिनेमा कम्पनी ढुक्क छ ।

अहिले ७ आयोजनाका लागि लगानीको प्रस्ताव आएको छ । यसबारे कम्पनीले अध्ययन गरिरहेको छ । योसँगै वैदेशिक रोजगारमा गएका युवाले कमाएको रकम आयोजनामा परिचालन गर्ने गरी अर्थ मन्त्रालयको सहकार्यमा ‘रेमिट हाइड्रो कम्पनी’ ले पनि काम सुरु गरेको छ ।

रेमिट हाइड्रोमा कम्पनीको ५१ प्रतिशत सेयर छ । स्थानीयको १० प्रतिशत र बाँकी वैदेशिक रोजगारीमा गएका कामदारको लगानी हुनेछ । यसअन्तर्गत पाँचथरमा १ सय २५ मेगावाटका घुन्सा र सिम्बुवा आयोजना अघि बढाइएको छ ।उर्जाखबरबाट

प्रकाशित मितिः २०७४ असार ५

वि.सं.२०७४ असार ५ सोमवार १०:४४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...