back
NMB ad

टुट्यो डाक्टर केसीको अनशन, मनमोहन मेमोरियल वीर अस्पतालले खरिद गर्ने !

Kumari bank ad

काठमाण्डौं । १६ दिनपछि प्राध्यापक डाक्टर गोविन्द केसीले आफैँले खुट्टाको उपचार गरेको सिन्धुपाल्चोकका ५ वर्षीय सरोज नेपाली र गोर्खा लो गाविसका ३७ वर्षीय भिक्षु छेवाङ नोर्बु लामाको हातबाट जुस पिउँदै अनशन अन्त्य गरेका छन्।

हिजो राति केसी र सरकारबीच चार बुँदे सहमति भएको थियो। त्यसैका आधारमा आज २ बजे अनशन अन्त्य गर्ने सहमति भएको हो । उनको अनशन अन्त्यको सहमतिपत्रमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक स्वास्थ्य मन्त्रालयका सचिव डा। सेनेन्द्रराज उप्रेतीले हस्ताक्षर गरेका थिए।

सो सहमतिमा विवादित मनमोहन मेमोरियल मेडिकल कलेजलाई अन्ततः वीर अस्पतालले खरिद गरी सरकारी स्वामित्वमा सञ्चालन गर्ने, सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र अध्ययनका लागि कम्तीमा ५० प्रतिशत सिट निःशुल्क, क्रमशः ७५ प्रतिशतसम्म पुर्याइने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने विषय प्रस्तावित विधेयकमा समावेश गरिने, काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङ कलेजमा नयाँ सम्बन्धन नदिने, चिकित्सा शिक्षाको शुल्क र सिट संख्या चिकित्सा शिक्षा आयोगले निर्धारण गरेबमोजिम हुने, चिकित्सा शिक्षाका लागि आगामी शैक्षिक सत्रदेखि केन्द्रीय प्रवेश परीक्षा लिने लगायतका कुराहरु उल्लेख गरिएकोछ ।

१० साउन २०७३, ३.००

वि.सं.२०७३ साउन १० सोमवार १५:३५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...