back
NMB ad

जिरे खुर्सानिकी डोल्माको जीवन संघर्ष

Kumari bank ad

‘यी हेर्नुस् जीवन जिउनेक्रममा गरेका संघर्षका खाटा अहिलेसम्म ताजै छन्’, डोल्मा ह्याल्मोले आफ्नो हातका केही औँला लागेको चोटको दाग देखाउँदै भनिन्, ‘काठमाडौँ आएपछि गलैँचा बुन्दा हात रक्ताम्य हुन्थे । काम नगरे खान पाइदैन थियो । राती १ बजेसम्म काम गर्नुपथ्यो ।’ उनले आफ्नो जीवन संघर्ष बताइन् ।

अंग्रेजी फरर बोल्न सक्ने डोल्माले जम्मा दुई हप्ता भागेर विद्यालय पुगेको र त्यही दुई हप्ता जीवनको अन्तिम औपचारीक पाठशाला भएको बताइन् । ‘जीवन चक्रजस्तै नै रहेछ, दुःखबाट सुख अनि सुखबाट दुःख ।’ उनले भनिन् ।

उनी सिर्फ कलाकार मात्रै पनि हैनन्, एक सफल महिला व्यवसायीका रुपमा पनि परिचित छिन् । सिन्धुपाल्चोकको एउटा विकट गाउँमा जन्मिएर सार्है दुख खेप्नुपरेपछि पैसा कमाउन काठमाडौँ छिरेकी डोल्माले के के गरिनन् । प्रस्तुत छ उनै डोमासंग कुराकानी गरेर पत्रकार नवराज कुँवरले तयार पारेको यो सामाग्री ।

मेरो जन्म २०२० सालमा सिन्धुपाल्चोकको विकट हेलम्बु गाउँमा भएको हो । मेरो बुवाआमा खेतबारीमै कामगर्नुहुन्थ्यो । मेरो बाल्यकालएकदमै दुःखपूर्ण थियो । हुन त बुवाआमा नै दुःखमा हुनुहुन्थ्यो, मैले के सुख पाउनु । अझ म त छोरीका रुपमा जन्मिएकी थिएँ । अहिले पो अधिकारहरु सुनिश्चित भए, कतिहुने क्रममा छन् । तर त्यो बेला महिलालाई दोश्रो दर्जामै राखेर हेरिन्थ्यो विशेष गरी गाउँमा ।
लाजसम्म ढाक्ने एउटा जामा हुन्थ्यो । पर्याप्त कपडाहरु नभएका कारण त्यही एउटा जामा मैलिएर कालो मैलो भईन्जेल लगाउनुपथ्र्यो । खानको त्यत्रो दुःख बेहोर्नुपरेन । अरु दुःखहरुको त कुरै नगरौँ, नभोगेको दुःख के छ र ?

मलाई विद्यालय पढ्न जान खुब मन लाग्थ्यो । तर त्यतिबेला छोरी मान्छेले पढेर के गर्ने भन्थे । त्यसैले मेरो त्यो चाहना मारेर घाँस दाउरा गर्नुको विकल्प मसंग थिएन । तर म नौ वर्षको हुँदा दुई हप्ता भागेर स्कुल गएको थिएँ । त्यतिबेला गाउँको पल्लो छेउमा शेरपाथाङ भन्ने स्कुल थियो । घरको काम सकेर म लुकेर त्यो स्कूल जान्थे । त्यहाँ भएका केही सांस्कृतिक कार्यक्रमहरुमा म नाच्न पनि भ्याएँ । तर म नाचेको देखेर त्यतिबेला प्रशंसा गर्नुको साटो भन्थे, ‘कस्तो लाजपचेकी रहीछ, यत्रो मान्छेको अगाडी नाचेकी हेर ।’

सानोमा म अलिचञ्चले र चकचके थिएँ । घरको काममा अलि–अलि ठग्थेँपनि । डोको लिएर पत्ता सोर्नजाँदा डोकोको प्वालबाट पत्ताथोर कि धेर थाहाहुने भएकाले प्वालनभएको थुन्जेलिएर जान्थे । आलुरोप्दा मेलोर्म निदाउँथे । गाईबस्तु चराउन जाँदा छाडेर साथीहरुसंग गट्टी खेलेर बस्थेँ, उतागाईबस्तुले बाली स्वाहाबनाउथे ।

म १३ वर्षको उमेर हुँदा घरको दुःख टार्न शहर पुगे केही कमाउने विचार गरेँ । त्यसपछि ३ जना अरु संगिनिसंग कुरा मिलाएँ । अनि पत्ता सोर्न जाने भनेर डोको बोकेर त्यसमा अलिकति भुटेको मकै र मूला बोकेँ । अनि एउटा पुरानो जामा थियो त्यो पनि हालेर हामी एकाबिहानै सुटुक्क भाग्यौँ । हेलम्बुबाट करिब ३ घण्टा हिँडेर सेलेगाउँ पुगेका थियौँ । त्यहाँ नेर पुगेपछि बुवाले समातिहाल्नुभयो । तर मलाई बुवाले कहिले पिट्नुहुन्नथियो । आमा केहीबेर रिसाउनुभयो । काठमाडौ छिर्न असफल भएपछि म गाउँमा दाउराघाँस गरेर बसेँ ।

एकवर्ष गाउँमा बसेपछि म १४ वर्षको उमेरमा घरकै सल्लाहमा पैसा कमाउन भनेर काठमाडौँ आएँ । गाउँमा पैसा कमाउन मन लाग्थ्यो तर त्यो पैसा के गर्ने भन्नेमाचाहिँ ठूलो योजना हुन्नथ्यो । पैसा कमाएर अलि राम्रो लगाउँला, मिठो खाउँला भन्ने सोच काठमाडौ आएपछि मात्र आयो । गाउँमा हुँदा त के थाहा, मान्छेले कस्तो–कस्तो लगाउँछन् ? सबैभन्दा मीठो कुरा के हुन्छ ? आफुले भोगेको जीवनभन्दा अरु जीवन र युगबारे केही थाहा थिएन ।

काठमाडौँमा मेरो कान्छा काका हुनुहुन्थ्यो । निकै धनी हुनुहुन्थ्यो । उहाँको गलैँचा कारखाना थियो । १४ वर्षको उमेरमा काठमाडौँ आएपछि काकाकै कारखानामा कामगर्न थालेँ । आफ्नै काकाको त्यत्रो कारखाना भएपनि दाजुको छोरी भनेर आफैसंग पनि राख्नुभएन । अरु कामगर्ने केटीहरुसंगै बस् भन्नुभयो र म तीनै साथीहरुसंग बसेँ । अरुजस्तै खटिएर म कामगर्थेँ । सायद काकाले त्यति नगर्देको भए मैले थप दुःखबाट पाठ सिक्ने पनि थिइन कि । त्यो बेला काठमाडौँको बसाई निकै दुःखपूर्ण थियो । १६, १७ जना काम गर्ने साथीहरु थियौँ । एउटै कोठामा ७ जनासम्म सुत्थ्यौँ । हामी चाबहीलमा बस्थ्यौँ । गलैँचा बुनेर दिनको १५ रुपैयाँ कमाउथेँ । खानेकुरा खान मन लागेको बेला गलैँचाको काम गरिसकेर काकाले १५ रुपैयाँ दिनुहुन्थ्यो, अनि त्यसैले किनेर खाइन्थ्यो ।

त्यहाँ दुईवर्ष काम गरेपछि अझै पैसा कमाउने विचार गरेर परिवारको सल्लाहमा म साथीहरुसहित जम्मु काश्मिरपुगेँ । तर त्यहाँपुगेपछि त थाहाभयो हाम्रो लागि त गलैचाको काम नै राम्रो थियो । त्यहाँ हामीले झाडु लगाउने कामगर्यौँ । दिनभरी सडकमा झाडु लगाउने काम गर्नुपथ्र्यो । झन् धेरै दुःख खेप्नुपर्यो त्यहाँ ।

दुःखै भएपनि मेरो जीवनमा कान्छा लामाआए । हेलम्बु नै घर भएका कान्छा त्यहाँ बस्दा रहेछन् । उनी हामीलाई काम लगाउँथे । सुपरभाइजर थिए । उनले मलाई मन पराएका रहेछन् । अनिबुवासंग कुरा गरेछन् । बुवाले पनि मलाई १६ वर्षको उमेरमा उनै कान्छासंग विहे गरिदिनुभयो । विवाहपछि त्यहाँ ६ महिना बसिसकेपछि बुढासंग म पनि गाउँ फर्केँ । तर घर फर्केको केही समयपछि नै धनकमाउने भन्दै कान्छा काठमाडौँ हिँडे । अनिएक्लै भएँ ।

दुःखै भएपनि घरमा पुलपुलिएर हुर्केकी थिएँ म । कान्छा हिँडेपछि म त्यहाँएक्लो थिएँ । माटोको कामगर्नुपथ्र्यो । सार्है दुःख पाएँ । ससुरा दोश्री श्रीमतिकहाँ बस्थे । सासुचाहीँ जेठो छोरासंग बस्थिन् । घरको अलिमास्तिर चिहान थियो । म रातभर डरले सुत्न सक्दिन थिएँ । म सानै उमेरको भएर होलामलाई सार्है डर लाग्थ्यो । त्यतिबेलै छोरा पनिजन्मियो ।

अब छोरा पनि हेर्नुपर्ने भएपछि कामको बोझअझै धेरै थपियो । त्यहाँको दुःख भन्दा राती १ बजेसम्म भएपनि काठमाडौँमा गलैँचा बुन्नै मलाई उचित लाग्यो । कान्छा फर्केर नआएकाले छोरा ६ महिनाको हुँदा डोकोमा केहीखानेकुरा, लुगा र त्यसमाथी छोरालाई राखेर म काठमाडौँ आएँ । फेरि गलैँचा बुन्ने काम नै गर्न थालेँ । केही समय काम गरेपछि कान्छा पनि यहीबौद्धमै मिस्त्री काम गर्दा रहेछन् । हाम्रो भेटभयो । अनि संगै बस्न थालियो । काकाले गरिखानु भनेर १० हजार ऋण दिनुभयो । त्यही पैसाले हामी आफैले कारखाना खोल्यौँ । त्यस पछि मेरा अरु ३ वटी छोरीहरु भए । ४ जना छोराछोरी भईसकेपछि विगतदेखि नै कान्छासंगको धमिलो सम्बन्ध अन्ततः टुंगियो । हामी छुट्टियौँ । म अझै दुःख गरेरै भएपनि आफ्ना सन्तानका लागि खट्न थालेँ । आफुले नपढेपनि आफ्ना छोराछोरीलाई शिक्षित बनाउन म मेहनगर्न थालेँ । राती १ बजेसम्म गलैँचामा कामगर्थेँ । अनिबिहान ५ बजे उठेर बच्चाहरुलाई खाना खुवाउने, लुगाधुने लगायत काम गर्थेँ । त्यतिबेला म रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम फुलबारीमा गीत गाउन पनि गएँ । मेरो स्वर राम्रो थियो । पछि नेपाल टेलिभिजनमा पनि आफ्नो संस्कृति झल्काउने गीत गाउने अवसर पाएँ । अलिअलिगर्दै म कलाकारिता पट्टि पनि प्रवेश गरेँ । मैले कलाकारीतामा प्रवेश गरेर पैसा कमाईन बरु मैले कति ट्यामी घिउ खर्च गरेँ ।

संघर्ष गरे के हुँदैन रहेछ र ? जीवन एउटा चुनौति नै रहेछ । यसको सामना गर्न सक्नेले नै जितहाँसिल गर्ने रहेछन् । हुन त मैले पूर्ण रुपमा जीवनलाई जितेको छु भन्दिन । तर संघर्षका ठूला ठूला पहाड छिचोलेर म आज जीवनको निकट छु । जीवनको अर्थ केहीहदसम्म बुझेकी छु । त्यसैले सामान्य चुनौतिसंग डराउँदिन पनि । अहिले मेरो छोरा अध्ययन सकेर क्यानाडामा बस्छ । एउटी छोरी अमेरीकामा, अर्कीजर्मनमा बस्छिन् । कान्छी चाहिँ छोरी मसंगै बस्छिन् । उनले पनि नर्सिङ गरेकी छन् । मैले पनि अमेरीका, जर्मन, बेलायत, क्यानाडा, जापान, थाइल्याण्ड लगायतका देशहरुको पटक पटक भ्रमण गरिसकेँ । तर मलाई नेपाली संस्कृति र भूमिजस्तो स्वर्गिय कुनै पनि देश लागेन । म आफ्नै देशमा बस्छु र यही मर्न चाहान्छु ।

जोरपाटीमा बस्नको लागि एउटा घर बनाएको छु । हिजो के लाउँ के खाउँ थियो । तर समयले घुमायो, आज म दुखिको पनि दिन आयो । म धनी पनि छैन, के लाउँ के खाउँको अवस्थामा पनि छैन । तर आजकतिपय सामाजिक संघसंस्थाहरुलाई आर्थिक, नैतिक सहयता गर्ने गरेको छु । म आफ्नो दुःख सम्झन्छु र अरु दुःख पाएकाहरुलाई सहयोग गर्छु ।

२४ फागुन २०७२

वि.सं.२०७२ फागुन २४ सोमवार ११:०८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...