back
NMB ad

यो पत्याउनुस्,चिनिया बाँदरले जितायो अमेरिकाका ट्रम्पलाई !

Kumari bank ad

काठमाडौ । एउटा बाँदरले अमेरिकाको राष्ट्रपति निर्वाचनमा प्रभाव पार्यो भन्ने सुन्दा तपाइलाई अचम्म लाग्नसक्छ । तर अचम्म नमान्नुस् । अमेरिकाको पछिल्लो राष्ट्रपतीय निर्वाचनमा भने चिनिया एक बाँदरको भविष्यवाणी सही सावित भएको छ ।
नेपाली मितिअनुसार गत कार्तिक २१ गते चीनको एक बाँदरले अमेरिकाको राष्ट्रपतीय चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी हुने भविष्यवाणी गरेको थियो । विभिन्न संचारमाध्यमले जनाएअनुसार उक्त समयमा जनातले हिलारी क्लिन्टनलाई बलियो उम्मेदवार भनेर छानीरहेको घो क्लिन्टन ट्रम्पभन्दा धेरै अगाडि रहेको घोषणा गरिरहेको बेला एक्कासी बाँदरले भने ट्रम्पको विजयको संकेत दिएको थियो । त्यतिबेला बाँदरको यो कुरा सुनेर सबै अचम्मीत पनि थिए । आज त्यहि बाँदरको भविष्यवाणी सहि सावित भएको छ ।

चीनको भविष्वक्ताको राजा भनेर चिनिने ‘गेडा’ नामक बाँदरले ट्रम्प आगामी अमेरिकन राष्ट्रपति बन्ने भविष्यवाणी गरेको ‘इकोलोजिकल’ पर्यटकीय पार्कले समाचार सम्प्रेषण गरेको थियो ।

पहेँलो टिसर्टमा सजिएको बाँदरले रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षमा भविष्यवाणी गरेको हो । डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टको र ट्रम्पको आकृतिलाई दुई तिर राखेर बाँदरलाई बीचमा राखिएको थियो । उक्त बाँदरले ट्रम्पको आकृतिको ओठमा चुम्बन गरेर उनले चुनाव जित्ने संकेत गरेको हो।

उक्त भविष्यवक्ता बाँदरराजसामू पटक पटक राष्ट्रपतीय चुनावमा कसले विजय हासिल गर्छ भनेर  गरिएको प्रश्नमा उसले ट्रम्प विजय हुने भविष्यवाणी गरेको हो । ट्रम्प र क्लिन्टनको प्रतीकका रुपमा राखिएका दुई केरामध्ये ट्रम्प प्रतिकको केरा उठाएर उनकै पक्षमा निर्णय दिएको सियाङ हु इकोलोजिकल टुरिजम पार्कले जनाएको छ ।

हाल ५ वर्षको यो बाँदरको भविष्यवाणीको खबर अन्तराष्ट्रिय सञ्चार माध्यमले प्रमुखताका साथ प्रकाशित गरेका छन् ।

प्रकाशित मितिः २०७३ कार्तिक २४

वि.सं.२०७३ कात्तिक २४ बुधवार १५:०६ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...