back
NMB ad

कुनै बेलाका अर्बपति कसरी एकाएक टाट पल्टिए ?

Kumari bank ad

कुनै समय एक अर्ब डलर सम्पत्ति साथमै राख्ने गरेका र व्यवसायको दुनियाँमा किङ अफ गुड टाइम्स नामले चिनिने भारतका अर्बपति व्यवसायी एवं राज्यसभा सदस्य विजय माल्या ९ हजार करोड रुपैयाँ कर्जामा डुबेर भारतबाट भागेपछि एकाएक चर्चामा आएका छन् ।

भारतबाट भागेर अहिले लण्डनमा बसिरहेका विजय माल्यालाई मनि लन्ड्रिङको मुद्दा चलिरहेको छ । सोही सिलसिलामा शुक्रबार अदालतमा पेश हुनुपर्नेमा उनले अप्रिलसम्मको समय माग गरेका छन् तर उनी भारत फर्कनेमा धेरैले सन्देह गरेका छन् । कुनै बेलाका अर्बपति कसरी एकाएक टाट पल्टिए, प्रस्तुत छ हिरोबाट जिरो बनेको उनको जीवनको यथार्थ :

आमा ललिता रमैया र रक्सी व्यवसायी पिता विट्ठल माल्याको सन्तानको रुपमा सन् १९८८ को डिसेम्बरमा उनको जन्म भएको थियो । उनी ४ वर्षको हुँदा नै उनका पिताले उनका लागि एउटा लग्जी कार किनेका थिए । विजय जब ९ वर्षका थिए तब उनको बुवालाई लाग्यो कि उनको ध्यान पढाईमा छैन । तब उनको पिताले उनलाई खुब गाली गरे र एक थप्पड पनि लगाइदिए । व्यवसायमा सफल भएपछि विजय माल्याले अन्तरवार्तामा भन्ने गर्थे बुवाको थप्पडले मेरो जिन्दगी बदलियो ।

१७ वर्षको उमेरदेखि नै आफ्नो बुवाको यूनाइटेड ब्रेवरीज ग्रुपमा उनले काम गर्न सुरु गरेका थिए । दक्षिण क्यालिफोर्निया विश्वविद्यालयबाट बिजनेश एड्मिनिस्टे«शनमा पीएचडी गरेका उनले बुवाको निधन पछि २८ वर्षको उमेरमा उनले उक्त कम्पनीको जिम्मेवारी पूर्ण रुपमा आफ्नो काँधमा लिएका थिए ।

सन् १९९५ मा विजय माल्याले किङ्गफिशर नामक बीयर उत्पादन सुरु गरे । सन् १९९९मा उनले त्यसलाई पुनः किङ्गफिशर स्ट्रङ्गको नामबाट बजारमा ल्याए । यो उत्पादनले भारतभरीमै उनको कम्पनीको बीयरको बिक्रीलाई बढाइदियो ।

कम्पनीका लागि मार्केटिङ एउटा सशक्त हतियार थियो। यो बुझेका विजय माल्या भारतका राम्रा विजनेश स्कुलहरुमा आफै पुग्थे र त्यहाँका सबैभन्दा होनहार युवाहरुलाई आफ्नो कम्पनीका लागि छान्थे । ती युवाहरुले उनको कम्पनीका लागि मार्केटिङ रणनीति बनाउँथे। त्यतिबेला नै उनले भारतमा धेरैले हेर्ने लोकप्रिय सिरियल द बोल्ड एण्ड द ब्यूटीफूलमा रिज फोष्टरको भूमिकामा देखिउका अमेरिकी कलाकार राँन मासलाई लिएर किङ्गफिशरको विज्ञापन बनाएका थिए । उनको कम्पनीको किङ्गफिशर बीयर आज पनि सबैभन्दा बढी बिक्री हुने रक्सीको ब्राण्ड हो । यसले नै उनलाई लिकर किङ्गको रुपमा चिनायो ।

यति मात्र हैन उनले त्यसको साथसाथै किङ्गफिशर क्यालेण्डर पनि सार्वजनिक गर्न थाले । उनको क्यालेण्डरमा बलिउडदेखि ठूला ठूला कम्पनीहरुको पनि आँखा गड्न पुग्यो । आज बलिउडमा राज गरिरहेका कतिपय हिरोइनहरु जस्तै कि दिपिका पादुकोण, कट्रिना केफ, नरगिस फाक्रि, लिजा हेडन, याना गुप्ता, इशा गुप्ता लगायतलाई चिनाउने काम नै किङ्गफिशर क्यालेण्डरले ग¥यो ।

यसका साथसाथै विजय माल्याको आफ्नै छवि पनि उनको व्यापारभन्दा बढी चर्चामा थियो । उनले दिएको सानदार पार्टी, युवतीहरुसँगको उनको तस्वीरहरु र उनको लाइफस्टायल सबैको आकर्षणको केन्द्र बन्न पुग्यो । यही क्रममा उनले लिलामीमा राखिएको टिपु सुल्तानको पुरानो तरवार ४ करोडभन्दा बढी भारतीय रुपैयाँ हालेर किनेका थिए । माल्याको व्यापार व्यवसायभन्दा पनि उनको लक्जरियस लाइफको धेरै चर्चा परिचर्चा हुन थालेको थियो ।

यस्तैमा विजय माल्याले आफ्नो छोरा सिद्धार्थ माल्याको १८औं जन्मोत्सवमा किङ्गफिशर एयरलाइन्स खोले । त्यही वर्ष उनले बैगपाइपर ह्विस्की र रोमानोभ भोड्का बनाउने मदिरा कम्पनी हरबर्टसन्स किने । फर्मुला १ नामक घोडाको रेसिङ टिम पनि किने । सन् २००८ मा उनी फेरि एक पटक समाचारहरुको हेडलाई बने जब उनले आइपीएल टीम रोयल चैलेन्जर्स बैगलुरुलाई १ सय १२ मिलियन अमेरिकी डलरमा किने । त्यति गर्दासम्म व्यापारमा नाफा घाटा गर्दै अगाडि बढेका विजय माल्यालाई सन् २०१० मा वर्ष व्यवासायीका रुपमा भारतमा अवार्ड पनि दिइएको थियो ।

यत किंगफिशर एयरलाईन्समा उनले पानी जस्तै पैसा बगाए । किंगफिशरलाई उनले फाइव स्टार होटलका रुपमा चिनाउने प्रयास गरे। किंगफिशरमा मोडललाई एयर होस्टेसका रुपमा लिइयो, यात्रीका लागि विदेशबाट महँगा पत्र पत्रिका मगाइए। कसैको प्लेन छुटे उसलाई अर्को एयरलाइन्सबाट समेत पठाउने व्यवस्था गरियो। यस्तैमा माल्याले कम मूल्यमा एविएशन कंपनी एयर डेक्कन किन्न खोजे । यो कोसिसलाई सफल गराउनका लागि उनले १२ सय करोड रुपैयाँ खर्च गराए । त्यसपछि एयर डेक्कनको नाम परिवर्तन गरेर किंगफिशर रेड राखे ।

माल्यालाई आशा थियो कि सस्तो टिकट राख्यो भने एयर डेक्कनका प्यासेन्जरहरु पनि किङ्गफिशरमै आउनेछन् । तर यस्तो भएन । यही बेला पेट्रोलियमको मूल्य महँगो भएको थियो भने प्रतिस्पर्धा अत्यन्त थियो । यसका साथसाथै किङ्गफिसरको खर्च पनि बढ्दै गएको थियो ।
कम्पनीको ब्यालेन्स सिट नहेरी बिजनेशमा लगानी गर्ने र पैसा खर्च गर्ने माल्याको बानीले पनि किङफिशरलाई टाट पल्टिन मद्दत ग¥यो । सन् २००६/७ को आर्थिक वर्षमा किङ्गफिशरलाई ३ सय ४१ करोड रुपैयाँ घाटा भएको थियो जबकि २००८/९ को रेकर्ड अनुसार किङ्गफिशरमा १० लाख यात्रुले यात्रा गरेका थिए । सन् २०१० सम्मा विजय माल्या हजारौं करोड ऋणमा डुबिसकेका थिए ।

आफ्नो पारिवारिक व्यापारमा उचाई छुँदै गरेका माल्या जब व्यापारिक रुपमा एभियन विजनेशतिर लागे तबबाट नै उनलाई घाटा हुन थाल्यो । र पनि, उनको आलिसान जीवनमा कुनै कमी आएन भने उनले ऋणमाथि ऋण लिँदै गए । उनले कुनै पनि तालिकामा परिवर्तन गरेनन् ।
सन् २०१२ मा किङ्गफिशरले युरोप र एशियाका आफ्ना फ्लाइटहरु बन्द ग¥यो भने सम्पूर्ण रुपमा आफ्नो उडान भारतभरी मात्र सीमित ग¥यो । डोमेस्टिकमा पनि दिनमा ३ सय ४० फ्लाइट उडान भर्ने यसले १ सय २५ मा झार्न पुग्यो । तर पनि यो एयरलाइन्स ८ महिना पनि चलेन । सन् २०१३ मा यसका सम्पूर्ण सेवाहरु बन्द भयो । त्यतिबेलासम्म विजय माल्या ४ हजार ३ सय १ करोड भारतीय रुपैयाँको ऋणमा चुलुम्म डुब्न पुगेका थिए ।

यही जनवरीमा मात्र फेरि किङ्गफिशरले सुपर मोडलहरुलाई लिएर विकिनी क्यालण्डेर सार्वजनिक ग¥यो । तर यही वर्ष नै विजय माल्या संसारभका धनीहरुको १ सय भित्रको लिष्ट बाट बाहिरिन पुगे । आजको मितिसम्म उनमा ९ हजार करोड भारतीय रुपैयाँ ऋण रहेको छ भने उनी अहिले देश छाडेर लण्डन पुगेका छन् ।

बैंकहरुले ऋण असुली गर्नका लागि उनको किङ्गफिशर हाउस लिलामीमा राखेका छन् । लिलामीमा राखेको भए पनि अन्तिम दिनसम्म सो हाउस खदिर गर्न कोही पनि आएनन् । त्यस्तै अहिले उनको लग्जरी जेटको लिलामी हुने भएको छ । २५ सिट रहेको यो जेट मुम्बइबाट अमेरिकासम्म कतै नरोकिकनै उडाउन सकिन्छ । विजय माल्याले यो जेटलाई आफू अनुकुल बनाउनका लागि मात्र ४ करोड भारतीय रुपैयाँ खर्च गरेका थिए ।

– इरादा पहाडी, एजेन्सीको सहयोगमा

१३ फागुन २०७२ / १२ : ४९

वि.सं.२०७२ चैत १३ शनिवार १२:३४ मा प्रकाशित

You can share this post!

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...