back
NMB ad

नेपालमा ठूलो आर्थिक संकटको खतरा : खनाल

Kumari bank ad

हरिशरण न्यौपाने ।

दशैंमा बाजासहित सरायें नाचिन्थ्यो, खुब रमाईलो गरिन्थ्यो

म सानो छँदा दशैं अर्घाखाँचीमा मनाइन्थ्यो । परम्परागत रुपमै मनाईन्थ्यो । त्यहाँ कोट भन्ने हुन्छ, कोटमा ९÷१० दिनसम्म पुजारी बस्ने गर्दथे । प्रत्येक दिन पूजा गर्ने, दशैंमा बाजासहित सरायें नाच्ने, पुरानो संस्कृतिसँग रमाउने, ठूला मान्यजनबाट टिका लगाउने, आशिर्वाद लिने सामान्य नेपाली संस्कृति अनुसार नै दशैं मानिन्थ्यो । म आईए पढ्दा देखि नै काठमाडौ आएँ । सुरुमा त भारततिर भएर गाउँ जानुपर्दथ्यो, विरगंजको रेल नौतुना हुँदै सुनौली गईन्थ्यो । कतिपय बेला बुटवलबाट हिंडेरै गएको छु । पाल्पा लगायत, गोरुसिंगे हुँदै पनि घर गईन्थ्यो । दशैंका बेला सम्पन्न धनीले सिंगै खसि काट्ने, गरिबहरुले भने खसी काटेर भाग लगाएर खाने चलन थियो । त्यस्तै हाम्रो तिर विवाह, छोराछोरी जन्मेको वा कोहि बिरामी परेर निको होस् भन्ने भाकल गरेको छ कि भनेर कोट अर्थात् मन्दिरमा चढाउने चलन छ ।
फर्केर हेर्दा बाल्यकालको दशैं स्मरणीय
गाउँमा अधिकाँसले अधिकाँस समय ढिंडो, आँटो खाने नै हो । पर्वमा भात खाने, मिठो मसिनो खाने, मासु, रोटी, फलफुल खाने गरिन्थ्यो । ती सबै मिठा चोखा खानेकुरा फलफुल सबैलाई बाँडेर सौहार्दपूर्ण ढंगले, सामाजिक, पारिवारिक सम्बन्ध साह्रै स्मरणीय थियो । फर्केर हेर्दा त्यो दिन साह्रै स्मरणीय लाग्छ ।
पहिले गाउँमा गईन्थ्यो । अहिले दाजु बुटवलमा हुनुहुन्छ । मेरो दशैं कहिले बुटवल, कहिले बिदेश त अधिकाँस समय काठमाडौमा बित्छ । तर पहिले जस्तो अहिलेको दशैं हुँदैन । एक त स्वास्थ्यका कारण पहिलेजस्तो खाना, मासु खान मिल्दैन । बच्चा केटाकेटीहरुको खानपान पनि परिवर्तन छ । उनीहरु खसीमा भन्दा कुखुरामा बढि चाह गर्छन् ।

पर्वहरु परिवारवादी, व्यक्तिवादी बन्दै जाँदा दुःख लाग्छ
पहिले–पहिले ठूलो उत्सव र पर्वका रुपमा पारिवारिक जमघट, दाजुभाई, टोल, छिमेक, गाउँले नै झुमेर सामुहिकरुपमा नाचगान रमाईलो गर्दै आत्मीयता साट्दै मनाईने चलन थियो । अहिले भने पर्वहरु परिवारवादी, व्यक्तिवादी बन्दै गएको छ । त्यतिबेलाको रमाईलो र आजको रमाईलोमा आकास–जमिनको फरक छ । त्यसकारण अलि दुःख लाग्छ ।

मानिसहरुमा कर तिर्नुपर्छ भन्ने चेतना बढेको छ

अहिलेको आर्थिक अवस्थाको कुरा गर्दा समष्टिमा केहि–केहि सूचक राम्रो छ । जस्तो राजश्व बढेको छ । आर्थिक गतिबिधिहरु बढेका छन् । कर तिर्नेहरु बढेका छन् । अहिले सामान्यरुपमा हेर्ने हो भने कालीमाटीमा तरकारीको काराबार गर्ने सबैले कर तिर्छन् । पहिले तिर्दैनथे । मानिसहरुमा कर तिर्नुपर्छ भन्ने चेतना बढेको छ ।

अर्थतन्त्रमा सुधार देखिंदैन

आधारभूततहमा जुन अर्थतन्त्रका समस्या, नीतिगत अन्तरबिरोध कायमै छ । जुन सुधार र विकासमा नयाँ कुरा ल्याईयो त्यो सम्बन्धीत ठाउँमा नपुग्ने संरचनागत र संस्थागत परिपाटी छ । स्रोत, सम्पन्नका लागि व्यापार वा वित्तिय कारोबार र फाईदा बढेको छ । बजेटले समृद्धिका महत्वकाँक्षी कुरा गरिएकोमा आधारभूतरुपमा सुधार गर्दै हाम्रो स्रोत साधनको ठिक ढंगले परिचालन गर्ने, मानिसहरुले रोजगारी पाउने लगायत प्रतिबद्धता गरिएको छ । त्यो अनुसार अर्थतन्त्रमा सुधार देखिंदैन ।

सामान खरिद गरौं भन्यो कल्पनै गर्न नसकिने महंगी

दशैंका समयको कुरा गर्यो भने महंगी यति धेरै बढेको छ कि म आफैं तरकारी बजारमा वा केहि सामानहरु लिन जाँदा खरिद गरौं भन्दा कल्पनै गर्न सकिँदैन । महंगी त्यति धेरै बढेको छ ।

ओहो ! यस्तो महंगीमा मानिसहरु कसरी बाँचिरहेका छन् ?
महंगीका कारण मानिसहरु कसरी सामान किनिरहेका छन् भन्ने लाग्न थालेको छ । ओहो ! कसरी खरिद गरेर बाँचिरहेका छन् भनेर आफैंलाई आश्चर्य र अचम्म लागिरहेको छ ।

नेपालमा ठूलो आर्थिक संकटको खतरा !

महँगी बढ्ने, रोजगारी र उत्पादन नबढ्ने, रेमिट्यान्स त घट्छ कि भन्ने अनुमान गरिएको छ । साउदी अरेबीयामा त आर्थिक समस्या नै आईसक्यो । त्यस्तै अरु खाडी मुलुकमा पनि त्यो समस्या आउने देखिएको छ । बिदेशमा जाने नेपालीको दर एक्कैचोटी कम हुने स्थिति छ । खाडी लगायत देशमा भएकाहरु पनि एकैचोटी फर्कने अवस्था देखिएकाले नेपालमा ठूलो आर्थिक संकट ल्याउँछ कि भन्ने खतरा देखिएको छ ।

स्रोत र साधन, आम्दानी नहुनेका लागि पर्व ज्यादै पिडादायी र कष्टपुरक

सामरिक, सूक्ष्म र जनताको तहमा पर्वलाई जोडेर हेर्ने हो भने सामान्य गरिब, आय नहुने, बिदेशमा गएर छोराछोरीले पैसा नपठाउने अवस्थामा कसरी बाँच्ने, पर्व कसरी मनाउने भन्ने भएको छ । गाउँघरमा एक छिमेकमा मासु पाकिरहेको छ । तर अर्काे परिवारमा एक छाक खान नपाउने अवस्था छ । कारण खान नपाउने परिवार, उनीहरुको बालबच्चाको मनोविज्ञानमा नकारात्मक असर पर्ने देखिएको छ । आमरुपमा गरिबका लागि स्रोत र साधन नहुने र अरु कतैबाट आम्दानी नहुनेका लागि यो पर्व ज्यादै पिडादायी र कष्टपुरक छ । मूल्यवृद्धिले झन् प्रताडित बनाएको छ ।

दशैं मौका हो, ऋण गरेरै पनि खरिद गर्छन्, यहिबेला लुट्नुपर्छ …

बजारमा निस्कँदा केहि खाने कि नखाने भनेर झस्किन पर्ने अवस्था छ । महंगी सँगै एउटा पसलमा एक किसिमको मूल्य छ भने अर्काेमा अर्काे मूल्य छ । बजारमा अराजकता छ । नियमअनुसार बजार चलेको छैन । खुल्लाबजार अर्थनीति अनुसार बजार प्रतिष्पर्धि छैन । दशैं मौका हो यहि बेलामा मानिसले जसरी पनि खरिद गर्छन् । ऋण गरेर पनि खर्च गर्छन् । त्यसो भएर यहि बेला लुट्नुपर्छ भन्ने र बजारमा त्यो प्रवृति हाबी देखिन्छ ।

२४ असोज २०७३

वि.सं.२०७३ असोज २४ सोमवार १८:२५ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...