back
NMB ad

डा केसीद्वारा बालुवाटारमा प्रदर्शन !

Kumari bank ad

काठमाडौँ । चिकित्सा क्षेत्रमा भएको विकृति र बेथितिविरूद्ध आठ पटकसम्म अनशन बसी लड्दै आएका डा गोविन्द केसीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्नुभएको छ ।

प्रदर्शनमा उपस्थितलाई सम्बोधन गर्दै डा केसीले सरकारले आफूसँग गरेका माग कार्यान्वयन नगरी बेवास्ता गरेमा पुनःनवौँपटक आमरण अनशन बस्ने चेतावनी दिनुभयो । उहाँले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य शिक्षामा सबैको पहुँच हुनुपर्ने माग गर्दै सरकारले गरेका सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो ।

नेपाली काँग्रेसका सांसद सुरेन्द्र चौधरीले आफूहरु पनि भ्रष्टाचार र माफियातन्त्रको विरोधमा रहेको भन्दै डा केसीका माग जनतामुखी भएकाले संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको महाअभियोगसम्बन्धी छलफल गराउने प्रतिबद्धता व्यक्त गराउनुभयो ।

प्रदर्शनमा लेखक खगेन्द्र सङ्ग्रौलाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीले क्षेत्राधिकार बाहिर गएर काम गरिरहेको भन्दै सांसदहरुले यस विषयमा आवाज नउठाउनु लोकतन्त्रमाथिकै कुठाराघात भएको धारणा राख्नु भयो ।

मानवअधिकारकर्मी कपिल श्रेष्ठले डा गोविन्द केसीका माग सरकारले स्वीकार गरिसकेर पनि पूरा नगर्नु दुःखद भएको बताउनुभयो ।
प्रदर्शनमा १०० भन्दा बढी व्यक्तिको उपस्थिति थियो । उनीहरूले विभिन्न नारासहितका प्लेकार्ड, पम्प्लेटसमेत बोकेका थिए । उक्त विरोध कार्यक्रमका क्रममा निषेधित क्षेत्रमा प्रदर्शनकारी पस्नसक्ने भन्दै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको थियो ।

प्रकाशितः २०७३ भदौ ४

वि.सं.२०७३ भदौ ४ शनिवार १६:१४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...