back
NMB ad

मधेसका सम्भ्रान्तहरु पहाड र तराईमा द्वन्द गरी आफ्नो रोटी सेक्ने रणनीतिमा !

Kumari bank ad

उँट कसरी बस्छ भनेझैं सरकारको काम हेर्न बाँकी

नेकपा माओवादी केन्द्र दोहोरो भूमिका खेलेर सरकारमा गएको छ । अहिले पनि दोहोरो खेल्न प्रयास गर्दैछ । चीनमा गए हामी तिमीहरुकै हौं, हिजोपनि तिमीहरुसँगको सम्बन्ध राम्रो थियो । तिमीहरु सँग जे–जे सम्बन्ध भएको त्यसलाई लागु गर्छांै भनेर उतातिर खेल्ने गर्छन् । भारतमा गए हामीले जनयुद्धकालदेखि नै तिम्रैमा बसेका हौं । त्यहि बेलादेखि हाम्रा कतिपय सन्धी, सम्झौताहरु तिमीहरुसँग भएका थिए । अब भविष्यमा पनि तिमीहरुकै त हो नि भन्ने गरी दङ्ग बनाएको स्थिति छ । छिमेकीहरुले यीनका कमजोरी पत्ता लगाएको कारणले कमजोर नशा समाउने र दबाउने गरेर अगाडि बढ्न खोजेको जस्तो देखिएको छ । राष्ट्रपतिका भ्रमण दुवैतिर हुने भन्ने पनि आएको छ, प्रधानमन्त्री दुवैतिर जाने भन्ने पनि आएको छ । अहिले सरकारको नीति प्रष्ट रुपमा आईसकेको देखिन्न । उँट कसरी बस्छ भनेझैं राष्ट्रिय/अन्तर्राष्ट्रियरुपमा सरकारको बारेमा हेर्ने बाँकी छ ।

मधेसका सम्भ्रान्तहरु पहाड र तराईमा द्वन्द गरी आफ्नो रोटी सेक्न लागे

काँग्रेस र मधेसीसँग छुट्टाछुट्टै सम्झौताले यो सरकार बनेको हो । यो सम्झौताले नेपालको राष्ट्रिय एकता कायम गर्ने, नेपालमा सामाजिक सद्भाव कायम गर्ने, नेपालमा राजनीतिक स्थिरता कायम गर्ने र देशलाई अगाडि बढाउने भन्ने जुन कुरो थियो त्यसमा प्रश्नवाचक चिन्ह देखिएको छ । मधेसको एउटा सम्भ्रान्तहरुको समूह जसरी पनि पहाड र तराईको बीचमा द्वन्द सिर्जना गर्ने र त्यही द्वन्दको आधारमा आफ्नो राजनीतिक रोटी सेक्ने गरी लागेको जस्तो देखिन्छ । भन्नलाई जे भनिएपनि संबिधान कार्यान्वयन हुन नदिने, समस्या सिर्जना गर्ने, अनि आफ्नो वर्चस्व कायम गर्ने दाउमा देखिन्छन् । नेपालले मधेसीहरुको सम्पूर्ण नेपालमा वर्चस्व कायम होस् भन्ने चाहेको छ । उनीहरु सम्पूर्ण नेपालको प्रतिनिधित्व गर्नेगरी आउन् । नेपाल एकताबद्ध र स्थिर होस्,अगाडि बढोस् भन्ने नेपालीहरु चाहन्छन् । जनघनत्वको रुपमा हेरिएको जुन मध्यपूर्वको भाग छिटोभन्दा छिटो विकास होस् भन्ने आम नेपालीले खोजेका छन् ।

मधेसीको माग नेपालले पुरा गर्ने सक्दैन

मधेसीका केहि सम्भ्रान्त वर्ग जो हिजो दरबार सँग नजिक भएर शासन सत्तामा रहे । त्यसपछि देशलाई समग्र विभाजन गर्ने र मधेसीको नाममा एउटा तप्कालाई हटाउने भन्ने दिर्घकालिन सोच रहेको देखिन्छ । उनीहरु अल्पकालिन हिसाबले एमाले पपुलर भयो भने भोलिको निर्वाचनमा एमालेले अझै धेरै सिट ल्याउने भयो भनेर त्यस्तो हुन नदिने रणनीतिमा देखिन्छ । मधेसमा सकेसम्म एमाले नपसोस् भन्ने चाहना भएको जस्तो देखिन्छ । वास्तवमा मधेसीको माग नेपालले पुरा गर्न सक्दैन । पहाड र तराईलाई मिसाउनै हुँदैन, समग्र मधेस, एक प्रदेश वा दुई प्रदेश जस्ता कुरा त्यो न्यायमा आधारित माग छैन । जनसंख्याको जनघनत्व तराइमै छ भन्ने र तराईलाई अलग बनाउने ? तराई र पहाडमा द्वन्द सिर्जना गर्ने र तराइलाई अगाडि बढाउने भन्ने जस्ता खेल खेलिएका छन् । यो उनका एजेण्डा हुन कि अरुका एजेण्डा हुन् म भन्न सक्दिन । तर त्यो नीति उनीहरुले अपनाईराखेको देखिन्छ ।

Dr puspa kandel

संबिधान संसोधनको कुरा एमालेले मान्दैन

तराई र पहाड अलग्याउने भन्ने निर्णय लिएर अगाडि बढेको मधेसी दललाई कार्ड बनाएर प्रयोग गर्न अहिलेको सरकारले संबिधान शंसोधनको कुरा ल्याउन सक्छ । तर त्यो कुरालाई एमालेले मान्दैन र एमालेले मानेन भनेर प्रचार गर्दै जान पनि सक्छन् । तराई र पहाडलाई अलग गराउनुपर्छ भन्ने कुनै सिद्धान्त छैन र यो एमालेले कदापी मान्दैन । हाम्रो देश बहुजाती, बहुधर्म लगायतको सम्मिश्रण र एक आपसमा सद्भावले मात्र चल्छ । विभाजन तिर जानुभयो भने अनन्त विभाजन हुन्छ, नेपाल राज्य नै नरहने स्थिति रहन्छ । एमाले बलियो पार्टी भएकाले अरुले खुट्टा छाडे पनि एमालेले खुट्टा छाड्दैन । तराईका पनि अधिकाँश जनताको अलग हुने चाहना छैन ।

पहाडको साधन स्रोत मधेसलाई मधेसको साधनस्रोत पहाडलाई

देशभरी अन्यत्र जातीय कुरालाई खण्डन गरियो पहाड र तराई मिलाउनुपर्छ भनियो । अरु प्रदेशको हकमा त्यो लागु भयो । २ नं प्रदेश हेला गरेर बनाईयो भन्ने भावना मधेसी र त्यहाँका जनतामा छ । त्यसो भएको हुनाले पहाडको साधन स्रोत मधेसलाई मधेसको साधनस्रोत पहाडलाई प्रयोग गरेर नेपाल तराई, पहाड एकिकृत भएर नै अगाडि बढ्दा राम्रो हुन्थ्यो । २ नं प्रदेश अझै पहाडसम्म फैलनुपर्छ, त्यो हुँदा मधेसीकै वर्चश्व रहन्छ ।

विभाजनमा जाँदा द्वन्द सिर्जनाले भागाभाग …

मेची र कोशी १ नं प्रदेश, सगरमाथा र जनकपुर राखेर अर्को प्रदेश, नारायणी र बागमती एउटा प्रदेश, गण्डकी र धौलागिरी अर्को प्रदेश, अहिलेको ५ नं लुम्बिनी र राप्तीलाई एक प्रदेश बनाईदिए हुन्छ । सबैलाई ठाडो चिरा र ६ नं प्रदेशमा बाँके बर्दिया जोड्नुपर्छ, सुदूरपश्चिम छँदै छ । विभाजनमा जाँदा सामाजिक सद्भाव खल्बलिन जान्छ । प्रत्यक्ष अप्रत्यक्ष आन्दोलन एक किसिमको द्वन्द सिर्जनाले भागाभाग हुनसक्छ । यहाँ राजनेता नहुने भूगोलको नेता हुने र देशलाई अगाडि बढ्न नदिने खराब प्रवृत्ति देखिन्छ ।

नौ महिनापछि माओवादीको काँग्रेससँग द्वन्द

यो सरकार एक अर्काले जोडजामले बनाईदिएको हो । त्यसो भएको हुनाले माओवादीको अस्थिरतावादी चरित्र छ । एमालेसँग पार्टी एकिकरण गर्ने र समाजवादसम्म जाने भन्नेहरुसँग त द्वन्द पर्यो । कांग्रेससँग त नीति पनि मिल्दैन सोच पनि मिल्दैन । अहिले माओवादीको ८÷९ महिना खाईहाल्ने अनि एमालेसँगको जस्तो द्वन्द कांग्रेससँग पनि पर्छ । मात्र कांग्रेसले आफुलाई तुलनात्मकरुपमा भारतको नजिक छु भन्न खोज्छ । अब यीनीहरुलाई भारतले चलाएको छ ।

dr puspa kandel 1

एमालेको सरकार आउँछ भनेर पनि मधेसबादी मोर्चाको यहि सरकारलाई समर्थन

एमालेकोे सरकार आउँछ भनेर मधेसीले यसैलाई समर्थन गरेर बस्छन् । एलर्जी एमालेदेखि छ । एमालेले इतिहासदेखि नै फरक दृष्टिकोण ल्याएको थियो । जस्तो भूमिसुधारको मुद्धा एमालले उठायो । सबैभन्दा बढि सामन्त तराईमा थिए । त्यो अहिले त हट्यो । तत्कालिन अबधिमा भूमिसुधार गर्ने भयो भनेर नै संघियताको बीज रोपीएको हो । सद्भावना पार्टीले सुरुमा २ वटा माग राखेको थियो । अन्तरिम संबिधान संशोधन गर्दा भूमिसुधार हुनुहुँदैन र संघियता ल्याउनुपर्छ भन्ने थियो । यो आफ्नो ठाउँमा आफैंले राज गर्ने र अहिले रहेको मधेसको सामाजिक संरचना यथावत राख्ने भन्ने हो । एमालेले त्यसमा परिवर्तन गर्नुपर्छ भनेकाले त्यहाँका सम्भ्रान्त वर्गहरु अहिले एमालेको बिरोध गरेर लेख लेख्ने मधेसको प्रतिनिधित्व गर्दै आए । हिजो एक मधेस एक प्रदेश हुन हुँदैन भनेर झलनाथ खनालले सुरुमा त्यो विषय ल्याएका हुन् । एक मधेसलाई दुई बनाउन र खण्डित गर्न हुँदैन भनेर एमालेले नै भन्यो । त्यसमा पनि उनीहरु यो हुँदैन भनिरहेका छन् । पहाड र मधेस जुन जोड्नुहुँदैन भनेर उनीहरु भनिरहेका छन् , यो गलत छ ।

अरुलाई घुमाएजस्तो एमाले घुम्दैन

दोस्रो लोकतन्त्रमा आफ्ना बारेमा जनताले आफैंले भन्न पाउनुपर्छ । अहिले झापा कुन प्रदेशमा रहने भनेर सप्तरीका मानिसले भन्ने अथवा बिरगंजका मान्छेले भन्ने त्यस्तो कुरा आएको छ । यो विषयलाई एमालेले मान्दैन । भौगोलिक एकाईलाई सकेसम्म मिलाउनुपर्यो । आधा जनसंख्या भएको प्रदेश, एक वा दुई प्रदेश, आधा जनसँख्या भएको प्रदेश अरु ५ वा ६ वटा प्रदेश राख्ने असन्तुलित विषय आईरहेका छन् । त्यस्ता मागलाई एमालले खण्डन गर्छ, एमालेले स्विकार गर्दैन । जसरी अरुलाई घुमाउन खोजेका थिए, त्यसरी एमाले घुम्दैन । उनीहरुलाई रिस उठ्छ । त्यसैले उनीहरु एमाले बिरोधी भएका छन् ।

आगामि निर्वाचनका बेला तराईमा कांग्रेस, एमाले र माओवादीलाई निषेध गर्ने राणनीतिमा मधेसवादी

तराईका जनताले पहिले मधेसवादीलाई पत्याए, दोस्रोमा अलि पत्याएनन् । अब एमालेलाई पत्याउने हो कि भन्ने भएको छ । त्यो हुनाले तराईमा सकेसम्म एमालेलाइ निषेध गर्ने, जानै नपाओस् भन्नेमा मधेसवादी मोर्चा छ । त्यसकारण उनीहरुले उग्ररुपमा बिरोध गर्नुका साथै केपी ओलीलाई अनेक आरोप लगाईरहेका छन् । एमाले र एमालेका नेताहरुलाई अलग बनाउन पनि उनीहरु लागेका छन् । मधेसवादीको मुल गन्तव्य भनेको आगामी निर्वाचनमा ठूला पार्टीहरु काँग्रेस, एमाले र माओवादीलाई नै तराईमा आउन नदिने आफैंले सबै जित्ने भन्ने हो । त्यति हुन सकेन भनेपनि एमालेलाई आउन नदिउँ भन्ने रहेको छ ।

(कुराकानीमा आधारित)

प्रकाशित मिति : २०७३ भदौ २१

वि.सं.२०७३ भदौ २१ मंगलवार २०:३३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...