back
NMB ad

सरकारले पूर्वराष्ट्रपति यादवको घरभाडा तिरिदिने

Kumari bank ad

काठमाडौं । सरकारले पूर्वराष्ट्रपति रामवरण यादव बस्दै आएको ललितपुरको बागडोलस्थित घरको भाडा, खानेपानी र विद्युतको महसुल तिरिदिने भएको छ ।

मन्त्रिपरिषदको बैठकले पूर्वराष्ट्रपति यादवलाई सरकार आफैंले खोजेर राखिदिएको घरको भाडा, खानेपानी तथा विद्युतको महसुल तिरिदिने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका अधिकारीले जानकारी दिए ।

राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएकै दिन कात्तिक ११ मै राष्ट्रपति कार्यालयले निवर्तमान राष्ट्रपति यादवलाई मासिक १ लाख ३० हजार रुपैयाँ भाडामा बखुन्डोलमा एउटा घर लिई सरकारका तर्फबाट बस्ने व्यवस्था मिलाइदिएको थियो । तर, सरकारले लामो समयसम्म भाडा, खानेपानी तथा विद्युतको महसुल नदिएपछि घरबेटीले यादवलाई आफ्नो घरबाट हटाइदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लिखित निवेदनसमेत दिएका थिए ।

मन्त्रिपरिषदले कात्तिक महिनादेखि नै लागू हुने गरी यादव बसेको घरको भाडा र महसुल तिरिदिने निर्णय गरेको स्रोतले जानकारी दियो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशितः २०७३ वैशाख २५

वि.सं.२०७३ वैशाख २५ शनिवार १०:१७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...