back
NMB ad

भाग्यले साथ दिएर अर्बपति बनेका उपेन्द्र महतो

Kumari bank ad

उपेन्द्र महतो, पूर्व एनआएन अध्यक्ष उनी नेपालकै सबैभन्दा धनी मध्येका एक हुन् । जसोतसो एक हजार डलर जम्मा पारेर सुरु गरेको उनको व्यापारले अहिले आधा विश्व ढाक्ने क्रममा छ । परिवारका साथ रसियामा बस्दै आएका उनले रसिया र नेपालमा अथाहा सम्पत्ति लगानी गरेका छन् ।

सिराहा जिल्लाको एउटा सामान्य गाउँ कर्जनहामा पिता श्री रामआशिष महतो तथा माता स्वर्गीय श्रीमती फूलकुमारी महतोको सन्तानको रुपमा सन १९६०मा उनको जन्म भएको थियो । साधारण किसान परिवारमा जन्मेका उनले त्यहीँ विद्यालयस्तरको शिक्षा पूरा गरेका थिए ।

त्यसपछि ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सिभिल इन्जिनियरिङ पढेका थिए । पास गरेपछि एक वर्ष सुनसरी मोरङ सिँचाइ आयोजनामा ओभरसियरको काम गरेका उपेन्द्रले काम गर्दागर्दै तत्कालीन सोभियत संघमा पढ्नका लागि छात्रवृत्ति पाएर रुस पुगेका थिए, जहाँ उनले जलविद्युत्मा एमई र पछि पिएचडी गरे ।

ठीक त्यसैबेलामा सोभियत संघमा आर्थिक उदारीकरणको सुरुवात भयो, जब सत्तामा ग्लास्तनस र प्रेस्त्रोइस्का आए, यो १९८८ ८९ तिरको हो, जब रुसमा बर्लिनको पर्खाल भत्कियो र अर्थतन्त्र अझ खुल्ला भयो । विदेशीले पनि व्यापार गर्न थाले, मौकाको फाइदा उठाउँदै एक हजार डलर जम्मा गरेर उपेन्द्रले पनि व्यापार थाले । उनलाई यतिबेला भाग्यले निकै साथ दियो ।

महतोले साथीहरूसँगै सुरुमा रुस बाहिरबाट टेलिभिजन, विद्युतीय सामग्री ल्याएर रुसमा बिक्री गर्न थाले अनि विस्तारै रुसमै विद्युतीय सामग्री उत्पादन र बिक्री गरे । त्यसपछि रियलस्टेट हुँदै महतोले विभिन्न परियोजनामा लगानी बढाए ।

स्थानीय प्रोफेसर तथा व्यापारीसँग राम्रो सम्बन्ध भएका महतोले उनीहरूकै सल्लाह र सहयोगमा तेल व्यवसाय पनि सुरु गरे । बेलारुसमा भएका तेलखानीबाट तेल निकालेर प्रशोधन गर्दै निर्यात गर्ने काम उनको मुख्य व्यवसाय बन्यो । जोखिम वहन गर्ने सोचका साथ व्यावसायिक दुनियाँमा होमिएका महतोको व्यवसाय विस्तारै फस्टायो ।

उपेन्द्रको जीवनप्रतिको आफ्नै सिद्धान्त छ, सकेसम्म हाँस्ने, जुन उनको रुचि पनि हो । जो व्यक्ति मनैदेखि हाँस्छ ऊ धेरै खुसी पनि हुन्छ, त्यसैले उपेन्द्र हरबखत हाँसिरहन्छन् । उनी आफ्नो सफलताको जस इमान्दारिता, मेहनत र लगनशीलतालाई दिन्छन् ।

अर्बपति भएर पनि साधारण कुरा गर्छन् उनी भन्छन् ‘एउटा उद्यमीको सम्पत्ति ऊसँग भएको नगद होइन, उसको लगानीको बजारमूल्य हो, राम्रै अवस्थामा छु, मनले निकै धनी छु ।

आफ्नो आधिकारिक वेवसाइटमा उनले लेखेका छन्, ‘नेपाललाई खराब भनेर गाली गर्नुभन्दा पहिले यसका लागि केही गर्न सिक ।’ यही मान्यतालाई आधार बनाएका उनले आफ्नो देशमा पनि विकासका धेरै पाटाहरुलाई अगाडि बढाएका छन्, धेरै क्षेत्रमा लगानी गरेका छन् ।

नेपालमा उपेन्द्रको ठूलो लगानी ‘स्पाइस नेपाल’ मा छ, युरोपेली कम्पनी टेलियासोरेनामा लगानी गरेका उपेन्द्रले ‘स्पाइस नेपालमा पनि टेलियासोरेनाको लगानी भित्र्याएका छन् । त्यसबाहेक सानिमा विकास बैंक, सानिमा हाइड्रोपावर, स्टेन्डर्ड फाइनान्स, एक्मी कलेज अफ इन्जिनियरिङ, कान्तिपुर टेलिभिजन, शिखर इन्सुरेन्स, मेडिकेयर हस्पिटललगायतका संस्थामा उनको व्यावसायिक लगानी छ ।

त्यसो त उपेन्द्रले काठमाडौं-तराई दू्रतमार्ग निर्माणका लागि खोलिएको कम्पनीको स्वामित्व पनि आफ्नो नाममा लिएका छन् । उनी यही कम्पनीबाट काठमाडौं-हेटौंडा वा पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्न चाहन्छन्, जसका लागि उनी अर्बौं रुपैयाँ लगानी गर्न तयार छन् ।

मस्कोमा उनले सबैभन्दा ठूलो लगानी रियलस्टेट र विद्युतीय उपकरण उत्पादन कम्पनीमा गरेका छन् भने बेलारुसमा उनले हेभी इक्युपमेन्ट उत्पादन, स्वास्थ्य, बैंक, कृषि, वन र तेल उत्खनन्मा लगानी गरेका छन् । रुसमा उपेन्द्रले एमटिजेड ९मस्को टेलिभिजन प्लान्ट० मा लगानी गरेका छन्, यो रुसको सबैभन्दा पुरानो टेलिभिजन सेट उत्पादन गर्ने कम्पनी हो ।

यति मात्र होइन, उनीसँग मस्कोको ‘टिसी गोर्वुस्किन द्भोर’ सपिङ मलको स्वामित्व पनि छ । युरोपको सम्भवत सबैभन्दा ठूलो विद्युतीय तथा घरायसी सामग्री बिक्री गर्ने यो मलमा ६० हजार स्क्वायर मिटरको क्षेत्रफल छ । यो मलमा महिनामा १५ देखि २० लाख उपभोक्ता पुग्ने गर्छन् ।

उपेन्द्रको बेलारुसमा पनि ठूलै लगानी छ । उपेन्द्रको लगानी डोजर, क्रेनजस्ता हेभी इक्युपमेन्ट उत्पादन गर्ने कम्पनी ‘अम्कोडर’ मा छ भने महतो परिवारले बेलारुसमा क्राभिरा’ अस्पताल पनि सञ्चालन गर्छन् । अम्कोडरका उत्पादन भने ३५ मुलुकमा बिक्री हुन्छन् ।

यसैगरी, उपेन्द्रको लगानी बेलारुसको सबैभन्दा ठूलो बैंक अल्फा बैंकमा पनि छ । त्यसबाहेक उपेन्द्रको लगानी पेट्रोलियम पदार्थ उत्खनन तथा बिक्री गर्ने कम्पनीमा पनि छ । मल्टिनेसनल मल्टिविलिनियर उपेन्द्रको यो सबै लगानी न त घरानियाँ हो, न त चिठ्ठामा नै पाएका हुन् । यो सबै लगानी महतोको मिहिनेत, समर्पण र इमानदारीको प्रतिफल हो ।

उनले आमा फुलकुमारी महतोको नाममा ट्रस्ट खडा गरेका छन् । उपेन्द्रले यही ट्रष्टका नामबाट करिब २२ करोड रुपैयाँ सामाजिक परोपकारी काममा दान दिएका छन् । उपेन्द्रले आफू जन्मेको स्थान सिरहामा २५ शैयाको अस्पताल बनाइरहेका छन् भने अन्य स्थानमा आयुर्वेदिक अस्पताल बनाउन लागि परेका छन् ।

त्यस्तै गत साल मात्र आएको विनाशकारी भूकम्पपछि भूकम्प पीडितलाई राहत दिन र त्यसपछिको पुनस्र्थापनाका लागि सरकारलाई रु १५ करोड सहयोग गरेका छन् ।

९ फागुन २०७२, ३.००

वि.सं.२०७२ फागुन ९ आइतवार १४:४८ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...