जाकार्ता,इन्डोनेसिया । इन्डोनेसियामा मङ्गलबार ६.६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको त्यहाँको मौसम तथा भूगर्भ विज्ञान विभागले जनाएको छ । विभागले भूकम्पपछि सुनामी आउने सम्भावना भने नदेखिएको जनाएको छ ।
स्थानीय समय अनुसार बेलुका ५ः४७ बजे गएको भूकम्पको केन्द्रविन्दु इन्डोनेसियाको फ्लोर्स टिमुरबाट १०६ किलोमिटर टाढा पूर्वी नुसा टेङ्गुरा प्रान्तमा सामुद्रिक क्षेत्रमा ५६९ किलोमिटर गहिराइमा रहेको विभागका प्रमुख कियान पुर्मासिन्कीले बताए । भूकम्पको केन्द्रविन्दु समुद्रको निकै गहिराईमा रहेकोले यसबाट सुनामीको खतरा हुने सम्भावना नदेखिएको,उनले सिन्ह्वा न्युज एजेन्सीलाई टेलिफोनमार्फत बताए । रासस÷सिन्ह्वा
प्रकाशित मितिः२०७४ कार्तिक ८
वि.सं.२०७४ कात्तिक ८ बुधवार १२:५६ मा प्रकाशित