back
NMB ad

भूकम्प र नाकाबन्दीको असर : पर्यटन बोर्डको बजेट घट्यो

Kumari bank ad

काठमाण्डौं । भूकम्प र नाकाबन्दीको असरका कारण नेपाल पर्यटन बोर्डले चालु वर्षको बजेट गत वर्षको दाँजोमा करिब २० प्रतिशतले घटाउँदै ८४ करोड ८० लाख हाराहारीमा झारेको छ ।

बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशीका अनुसार, चालु वर्षकालागी बोर्डको संचालक समितिले ८४ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको छ । अघिल्लो वर्ष बोर्डको बजेट १ अर्ब १८ करोड हाराहारी थियो ।

अन्तर्राष्ट्रिय उडानबाट आउने पर्यटकबाट संकलन हुने १ हजार रुपैयाँ यसको मुख्य आम्दानीको स्रोत हो । यसवर्ष बोर्डले ४ लाख ७० हजार हाराहारी पर्यटक आउने प्रक्षेपण गरेको छ । यदी बोर्डले प्रक्षेपण गरे अनुसार यस वर्ष ४ लाख ७० हजार पर्यटक आए बोर्डले ४७ करोड रुपैयाँ आम्दानी गर्नेछ ।

यसबाहेक गत वर्ष खर्च हुन नसकेको १९ करोड र पर्यटन पुर्नउत्थानकालागी छुट्याइएको १० करोड पनि चालु बजेटमा समावेश गरिएको छ । खर्च अन्र्तगत बोर्डले यसवर्ष पर्यटन प्रवद्र्धनकालागी चीन र भारतमा ३र३ करोड गरी ६ करोड रुपैयाँ खर्च गर्ने कार्यक्रम बनाएको छ ।

त्यसैगरी यसवर्ष भित्रै बोर्डले नेपालमा हिमालय ट्राभल मार्ट र अन्तर्राष्ट्रिय बुद्धिष्ट सम्मेलन गर्ने भएको छ । यस्कालागी २र२ गरी ४ करोड रुपैयाँ विनियोजन गरिएको कार्यकारी प्रमुख जोशीले बताए । यस्तै आन्तरिक पर्यटन प्रर्वद्धनकालागी ५० लाख, क्राइसिस व्यवस्थापनकालागी ४० लाख, पर्यटन क्षेत्रसँग सम्वन्धित सृजनात्मक कार्यक्रमकालागी १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसवर्ष बोर्डले नेपाल सम्बन्धि मोबाइल एप बनाउने लगायतका डिजिटल काम गर्ने लक्ष्य राखेको छ । यसैबिच बोर्डको संचालक समितिमा कृष्ण अर्याल र पूर्ण कुँवरलाई नियुक्ति दिइएको छ । पाटन पुनरावेदन अदालतले रेवत थापा र धुव्रनारायण श्रेष्ठको नियुक्ति प्रक्रिया नै गलत भएको ठहर गरेपछी मन्त्रालयले बोर्डको संचालक समिति सदस्यमा पर्यटन व्यवसायी कुँवर र अर्याललाई नियुक्ति दिएको हो ।

बोर्डको अध्यक्षमा पर्यटन सचिव रहने व्यवस्था छ भने सदस्य सचिवमा बोर्डकै प्रमुख कार्यकारी रहन्छन् । ११ सदस्यीय संचालक समितिमा निजी क्षेत्रबाट ५ जनाको प्रतिनिधित्व हुन्छ । हाल फुर ग्याल्जे शेर्पा निलम्बनमा परेकाले उनको स्थान रिक्त रहेको छ । अन्य सदस्यहरुमा अर्थ मन्त्रालय, अध्यागमन विभाग, नागरिक उडड्यन प्राधिकरण र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुख रहन्छन् ।

प्रकाशित : कान्तिपुर, २६ माघ, २०७२, ८.००

वि.सं.२०७२ माघ २६ मंगलवार ११:३५ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...