back
NMB ad

८ रेक्टर स्केलमाथिको शक्तिशाली भूकम्पको धक्का, जोखिम रहेकाले सतर्क रहन आग्रह !

Kumari bank ad

अष्ट्रेलियाबाट उत्तरपूर्वमा पर्ने सोलोमोन द्विपमा स्थानीय समयानुसार आइतबार अपराह्नः १२ः३० मा ७.९ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प सञ्जाल केन्द्र (सिइएनसी)ले जनाएको छ । सो भूकम्पको केन्द्रबिन्दु द्विप समूहको आसपास इलाकाको समुद्र मुन्तिर १६० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।

त्यसैगरी अष्ट्रेलियाबाट सीधा उत्तरमा पर्ने पपुवा न्यु गिनीमा पनि आइतबार ८.० म्याग्निच्युडको भूकम्प गएको समाचार छ । यस भूकम्पपछि विशाल सुनामी आउन सक्ने चेतावनी दिइएको प्रशान्तमहासागरीय सुनामी चेतावनी केन्द्रले जनाएको छ ।

पपुवा न्यु गिनीमा गएको भूकम्पको केन्द्रविन्दु भने आरावानजिकै दक्षिणी प्रशान्त महासागरिय इलाकाको समुद्रको १६७ किलोटिर गहिराईमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

दक्षिण–पश्चिमी प्रशान्त महासागरमा अवस्थित मेलानेसिया महाक्षेत्रभित्र रहेका यी दुबै देशमा गएको भूकम्पबाट मानवीय र भौतिक सम्पत्ति क्षति भए नभएको कुनै पुष्ट समाचार प्राप्त भइनसकेको बताइएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण सस्था (युएसजिएस)ले भने दुबै देशमा गएका भूकम्पको मापन ८.२ म्याग्निच्युड रिक्टरस्केलको भएको जानकारी दिएको छ । हाल भूकम्प गएका दुबै मुलुकहरु भौगर्भिक हिसाबले क्रियाशील र जोखिमयुक्त प्रशान्त महासागरीय अग्निचक्र (प्यासिफिक रिङ्ग अफ फायर) को घेरा भित्र पर्दछन् ।

प्रकाशित मितिः २०७३ माघ ९

वि.सं.२०७३ माघ ९ आइतवार १५:४० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...